X

पब्लिक हाइस्कुलका पूर्व प्रधानाध्यापक अभिनन्दित सहयाेगीलाई सम्मान

  • फागुन १७, २०७४
  • ४४५ पटक पढिएको
445 Shares

धरान / धरान–१२ स्थित पब्लिक हाइस्कुलको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पूर्व प्रधानाध्यापक राजेन्द्रप्रसाद आचार्य, रेवतीनन्दन झा, कमल पोखरेल, लेखनाथ भट्टराईलाई अभिनन्दन गरिएको छ । कार्यक्रममा सिसी क्यामेरा जडान गर्न सहयोग गर्ने दाता आशिष मास्के र न्यु मनकामना बुक्स एण्ड स्टेसनरीका संचालक राजन बस्नेतलाईसमेत सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी प्रमुख अतिथि र इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेल विशेष अतिथि थिए । कार्यक्रममा प्रधानाध्यापक इन्द्रमोहन झाले प्रगति विवरण पेश गरे । सो अवसरमा भगवानदास, डा. गोविन्दराम, मनोहर अग्रवालले स्थापना गरेको मुरलीधर सुन्दरदेवी छात्रवृत्ति कोेषबाट २५ हजार, श्यामगोविन्द श्रेष्ठबाट स्थापित नारायण गोविन्द छात्रवृत्ति कोषको २७ हजार ५ सय ११, स्व. बमबहादुर मास्केबाट स्थापित गंगादेवी मास्के छात्रवृत्ति कोषको ८० हजार, भोलामान श्रेष्ठबाट स्थापित धनबहादुर, मायादेवी, पार्वतीदेवी श्रेष्ठ अक्षयकोषको २३ हजार, आदर्शप्रसाद पोखरेलबाट स्थापित शोभनादेवी छात्रवृत्ति अक्षयकोषको १ लाख ५० हजार, डिल्लीबहादुर बस्नेतबाट स्थापित नरेन्द्रबहादुर छात्रवृत्ति कोषको ५१ हजार, दिवसमोहन पखिलेबाट स्थापित महेन्द्रमोहन, नारायणदेवी श्रेष्ठ छात्रवृत्ति कोषको ७० हजार, स्व. रामेश्वरबहादुर श्रेष्ठबाट स्थापित रामेश्वरबहादुर, विश्वकुमारी श्रेष्ठ छात्रवृत्ति कोषको ५१ हजार, इन्द्रप्रसाद श्रेष्ठबाट स्थापित लोकलक्ष्मी गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट ४० हजार, इन्दिरा हलवाईबाट स्थापित लक्ष्मीबहादुर हलवाई स्मृति छात्रवृत्ति कोषको २ लाख, ज्ञानु श्रेष्ठबाट स्थापित भागवत गोविन्द दुर्गादेवी श्रेष्ठ छात्रवृत्ति कोषको १ लाख र पूर्णकाजी शाक्यबाट स्थापित पूर्णकाजी शाक्य छात्रवृत्ति कोषको ३ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको थियो ।

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा