धरान  / खानेपानी व्यवस्थापन बोर्डले मनोमानी रूपमा गरेको शुल्क वृद्धि खारेजीको माग गदैं १० राजनीतिक दलहरुको सडक आन्दोलन जारी रहेको छ । आज आइतबार विहानैदेखि उपमहानगर गेट अगाडी भर्नाको कार्यक्रम सुरु भएको छ । सबै राजनीतिक दलहरुका नेताहरुको सहभागतिामा धर्ना सुरु भएको हो । मेयर हर्क साम्पाङले ले आज ११ बजे वार्तामा मौखिख बोलाए पनि दलहरुले लिखित औपचारिक रुपमा वार्तामा बोलाउन माग गदैं आएका छन् । 

आन्दोलनमा उत्रिएका राजनीतिक दलहरूले शनिवार दुई स्थानमा कोणसभा गरेका थिए । शुल्क वृद्धिबारे दलहरुले टोल टोलमा पúेर नागरिकलाई जानकारी गराउदैं आएका छन् । 

संयुक्त सङ्घर्ष समितिको चरणबद्ध आन्दोलन अनुसार शनिवार धरान(१८ बुद्धचोकको सभामा निवर्तमान नगर प्रमुख तिलक राईले खानेपानीमा वृद्धि गरिएको शुल्क खारेज नगरे अब धराने जनताले निरङ्कुश नगर प्रमुखको प्रतिकार गर्ने बताउनुभएको थियो ।

‘धराने जनतालाई पानी खुवाउन एडिबीसँग ऋण लिएको हो, ऋण १० वर्षका लागि लिएको छ, जनतालाई मारमा पारेर आजै तिरीसक्नु पर्छ भन्ने नभएको उहाँले प्रष्ट पार्नु भयो । 

तर नगरप्रमुख हर्क साम्पाङले तत्काल ऋण बुझाई सक्नुपर्ने जस्तै गरेर जनताको ढाड सक्दै महसुल वृद्धि गर्नु गलत भएको उहाँको भनाई थियो । 

454891049_1043713107756606_7566301734643504820_n