धरान / राजनीतिक दलका युवा विद्यार्थीहरूले धरान उपमहानगरको गेट अगाडी प्रदर्शनलाई चर्काएका छन् । विहान ९ बजेदेखि आन्दोलन जारी रहदा प्रहरीले विद्यार्थी र युवालाई कुटपिटसमेत गरेको थियो । कुटपिटबाट केही विद्यार्थी घाइतेसमेत भएका छन् । विहान ९ः ३० बजेदेखि मुल गेटमा आन्दोलन जारी रहेको छ । मेयर हर्कराज राई भित्रै थेनिएका छन् । नगरपालिका कर्मचारी भने पालिका प्रवेश गर्न पाएनन् । मेयर राई भने ९ बजे नै कार्यालय प्रदेश गर्नु भएको थियो ।  

मेयर साम्पाङले मौखिक रूपमा वार्तामा आउन भने पनि यस्तो आग्रह वेवास्ता गर्दै प्रदर्शनकारीले उपमहानगर गेटैमा प्रदर्शन जारी राखेका हुन । ‘गेट नजिकै आएर मेयरले आइतबार १० बजेका लागि वार्तामा बोलाउनु भएको थियो । 

खानेपानी महसुल र शुल्क वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलहरूको प्रदर्शनका कारण बिहीबार उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको छ। विद्यार्थीहरुले गेट भत्काउने प्रयार गरेका थिए । बोर्ड भने उक्काइएको छ । शान्तिपूर्ण भर्नामा बसेका विद्यार्थीहरुलाई प्रहरीले कुटपिट गरे पछि आन्दोलन उग्र बनेको थियो । 

मेयरले मनोमानी रूपमा शुल्क र महसुल बढाएको भन्दै दलहरूले धरान खानेपानी बोर्डको कार्यालय र महसुल संकलनका लागि खोलिएका काउन्टरहरूमा ताला लगाएका थिए। ताला खोल्न उच्च अदालत विराटनगरको आदेशपछि खोल्न बाध्य भएका थिए। त्यसपछि उनीहरूले उपमहानगर घेराउको कार्यक्रम बनाएर आन्दोलन सुरू गरेका हुन्। तर दलहरुले ताला खोले पनि स्वातन्त्र युवाहरुले पुन ताला लगाएको बताइएको छ । 

धरान उपमहानगरको मातहतमा खानेपानी व्यवस्थापन बोर्ड रहेका कारण मेयर साम्पाङले महसुल वृद्धिको निर्णय आफै गर्नु भएको थियो । धरानमा खानेपानी आयोजनाको निर्माणमा एसियाली विकास बैंकको ऋणको साँवाब्याज तिर्न समस्या भएकोले महसुल बढाएको प्रष्टीकरण दिँदै आउनु भएको छ । 

विद्यार्थीहरु माथि भएको दमनप्रति दुख व्यक्त

यसै विच विद्यार्थीहरुमाथि भएको दमन प्रति मेयर राईले लिखित दुख व्यक्त गर्नु भएको छ । मेयर राईले लिखित रुपमा माफी मागे पछि विद्यार्थीहरुले आन्दोलन रोकेको तर दलहरुको जारी रहेको नेकपा एमाले उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङे जानकारी दिनु भयो । 

मेयरले गरेको सम्बोधन दलहरुले चित्त बुझाएनन् 



धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पहिलो पटक राजनीतिक दलको आन्दोलनलाई सम्बोधन गर्नु भएको थियो । तर उहाँले गरेको सम्बोधन दलहरुले चित्त बुझाएनन् । 

सशस्त्र, जनपद र नगरप्रहरीको सुरक्षा घेराभित्र उभिएर हातेमाइकबाट बोल्दै आन्दोलनरत पक्षलाई सम्बोधन गर्नु भएको थियो । आन्दोलनरत पक्षलाई सम्बधोन गर्दै भन्नुभएको थियो , ‘यी विषयहरूमा छलफल गरौँ । त्यसका लागि चाहिँ आँउदो आइतबार ११ बजे १० दलका एक(एकजना प्रतिनिधि वार्तामा आउनेगरी तपाईंहरू नगरपालिका आइदिनु होला । र, सम्पूर्णलाई हामीलाई सचेत र सजग गराउनु भएकोमा धन्यवाद दिन चाहान्छु । यहाँहरू सबैको जय होस, नमस्कार जय धरान ।’तर दलहरूले भने उहाँ यो करिब ३० सेकेन्डको सम्बोधन चित्त बुझ्दो नभएको भन्दै खानेपानीको महसुल र शुल्क वृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने बताउनुभएको छ । 

धरानको समग्र विकास निर्माण, धरानको समस्या समाधान र दीर्घकालीन योजनाबारे दलहरूसँग खासै सहकार्य, समन्वय र सम्बन्ध बनाउन हिचकिचाउँदै आएका मेयर साम्पाङले बिहीबार दिउँसो १ बजे सम्बोधन गरे पनि त्यसले निकास दिन सकेन । दलहरुले सााझ ६बजे आन्दोलनलाई स्थगित गदैं भोली शुक्रबार पुन सुचारु गर्ने जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुक लिम्बुले जानकारी दिनुभयो । 

letter