​धरान । धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा युएन स्कुलकी छात्रा सेयमी गजमेर प्रथम हुनु भएको छ । कक्षा ७ मा अध्ययनरत सेयमीले उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगितामा पहिलो स्थान हासिल गर्नु भएको हो । ​प्रथम भएसँगै सेयमीलाई नगद रू. ५  हजार र कदरपत्रसहित सम्मानित गरिएको छ।

​स्कुलका प्रिन्सिपल सर्ण कुमार सम्बाहाम्फेले विद्यार्थीहरूको सफलतामा खुसी व्यक्त गर्दै युएन स्कुलका विद्यार्थीहरू पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि निरन्तर अब्बल साबित हुँदै आएको बताउनुभयो।‘हामीले किताबी ज्ञानका साथसाथै समयसापेक्ष र युग सुहाउँदो व्यावहारिक ज्ञान तथा तालिमको व्यवस्था गर्दै आएका छौँ, जसको परिणामस्वरूप हाम्रा विद्यार्थीहरूले प्रत्येक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।'- उहाँले भन्नुभयो।

​त्यस्तै, स्कुलकी कार्यक्रम संयोजक तथा शिक्षिका सीता सुब्बा खापुङले युएन स्कुल सहभागी हुने अधिकांश प्रतियोगिताहरूमा उपाधि जित्न सफल भएको इतिहास रहेको बताउनु भयो । ​