धरान  / धरानमा १० राजनीतिक दलहरुको नेतृत्वमा धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश जारी गरेको छ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उच्च अदालत विराटनगरमा रिट दिएर ताला खोल्ने उत्प्रेषणको आदेश ल्याउनुभएको हो । 

नगर प्रमुख साम्पाङले कार्यालयमा तालाबन्दी गरिएको विरुद्धमा उत्प्रेषणको परमादेश माग गर्दै दर्ता गरेको रिटमा उच्च अदालतले मानव जीवनको लागि अति आवश्यक र संवेदनशील विषय भएको उल्लेख गरी मङ्गलवार विपक्षी नेपाली काँग्रेसका सभापति श्याम पोखरेलसहितको नाममा तालाबन्दी खोल्न आदेश जारी गरेको थियो ।

मंगलबार नै दलहरूले खानेपानी बोर्ड परिसरमा पत्रकार सम्मेलन गर्दे खानेपानी बोर्ड अध्यक्ष  कार्यकक्ष ,निर्देशक र आर्थिक प्रशासन सहित धरान ११, १५,१६ को बिल काउन्टरको ताला नखेल्ने बताएका थिए । तर साँझमा अदालतको आदेश आए पछि अदालतको आदेश पालना गदैं अन्य सङ्घर्षका कार्यक्रम तय गर्ने बताएका छन् ।

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ सेवा महसुलले निर्धारण आयोगको महसुल पुरानै दरमा थयावत गर्नुपर्ने भन्ने निर्णय कार्यान्वयन गर्न दिएको निर्देशन स्वघोषित बोर्ड अध्यक्षले कार्यान्वयन गर्नु पर्ने दलहरूको माग पनि रहेको छ ।