धरान। भोजपुरमा सालनाल सहितको शिशु फाल्ने महिला विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा गत फागुन ४ गते बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

३२ वर्षीया मग्रातीले वच्चा आफनै भएको स्विकारेकी छिन् । अनुसन्धानमा उनले अपराध स्वीकार गरेपछि मुद्दा चलाइएको प्रहरी निरीक्षक ख्याम नेपालले जानकारी दिए। फ्यालिएको शिशु भने उनका आफन्तले पालनपोषण गरिरहेका छन्। मग्रातीका पति वैदेशिक रोजगारीमा छन्।