धरान / धरान उपमहानगरपालिकाले धरानको भानुचौकदेखि छाता चौकसम्म सडकको दुबै किनारमा फुल रोप्ने गरि रेलिङ निर्माण गर्ने भएको छ । शनिवार उपमहानगरका प्रमुख तारा सुब्वाले रेलिङको उद्घाटन गरेका छन् ।
धरानलाई फुलबारीको शहरको रुपमा विकास गर्न उपमहानगरपालीकाले शुरुवात गरेको बताउदै प्रमुख सुब्वाले नगरबासीलाई आ–आफ्नो घरमा र घर अगाडीको सडकमा फुल रोप्न समेत आग्रह गरेका छन् । भानुचौकबाट सुरु गरिएको कार्य २ महिना भित्रमा सम्पन्न हुने धरान उपमहानगरपालिकाका वरिष्ट इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।
जम्मा ९ सय ७० मिटर सडकमा फुल रोपिने बताइएको छ । उपमहानगरपालिकाले सडक छेउमा फुल रोप्न स्टिलको रेलिङसहितको स्टेन प्रयोग गर्ने भएको छ । इन्जिनियर श्रेष्ठका अनुसार अहिले बनाउन लागिएको रेलिङ फोल्डीङ सिस्टमको हुने छ ।
पछि कुनै कारणबस हामीले हटाउनु प¥र्यो भने हामी त्यसलाई फुकालेर अन्यत्र लैजानी पनि सक्ने गरि डिजाईन तयार गरिएको छ इन्जिनियर श्रेष्ठले बताए ।
धरान उपमहानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले रेलिङ र फुल रोप्ने कार्यका लागि ४६ लाख ७० हजारको स्टमेट आएको बताए । धरान उपमहानगरपालिकाले पर्यटन विकास समितिका सदस्य कृष्ण शाहलाई व्यवस्थापनको जिम्मेवारी दिएको छ ।