इटहरी घरको धुरी मात्र देखिने गरि घरहरु ढुवेका थिए । घरमा भएका अन्नपात,पशु चौपायाँ सवैले वाढिले वगाएर लग्यो । वालवच्चा,जेष्ठ नागरिकको हुन सम्म विचल्ली भएको थियो । पानी रहने छाँटकाँट थिएन । त्यस्तो विचल्ली भएको वेला एक जना महिला गाढीमा त्रिपाल,च्यूरा,भूजा,दालमोठ हालेर जनताको घरदैलोमा पुग्नुभयो । उनी अरु कोहि नभएर भगवती चौधरी हुन । वर्जु १ का मन्जित राम भने –‘त्यस्तो वेलामा आफनो स्वास्थ्यको  पर्वाह नगरी भगवति चौधरी रुझदै र भिज्दै जनताको घर घर पुग्दा विपदको वेला भगवति चौधरी होइन साँच्चै भगवतीमाता नै पो आउनुभयो कि जस्तो लाग्यो ।’
   गत साउन अन्तिममा आएको वाढीको कहरले सुनसरी जिल्लालाई नराम्ररी गाँज्यो । वाढीवाट सुनसरी क्षेत्र नम्वर ३ अछुतो रहेन । त्यस्तो वेलामा जनताको पीडा वुझन कोही निस्कन नसकेको वेला भगवती चौधरी राहत समाग्री सहित सुनसरीका गाँउ गाँउ पुग्नुभयो । दुहवीका विभिन्न वडाहरु,पूर्वकुसाहा,चिमडी,रामगँज वेलगछिया लगायतका ठाँउहरु पुगेर आपदका वेला जनतालाई सहयोग गरिन । त्रिपाल,झुल,चामल,च्यूरा,दालमोठ लगेर ठाँउ ठाँउमा वितरण गर्दा ती ठाँउका वासिन्दाहरुलाई लाग्यो जनप्रतिनिधि त भगवती चौधरी जस्तो ब्यक्तिलाई पो चुन्नुपर्छ । चाँदवेलाका दिवाकर भन्छन्र्– जनप्रतिनिधि नहुदै यत्तिको खटने ब्यक्ति झन निर्वाचित भए कति गर्नुहुन्थ्यो होला ।’
आफूले चुनेर पढाउका ब्यक्ति साँसद मन्त्री,उपप्रधानमन्त्री भए तर आपद विपदमा जनतालाई साथ दिन कहिल्यै आएनन अमडुवाकी एकजना महिलाले भनिन– भगवती दिदी दुखमा पनि आउनुभएको छ सुखमा पनि आउनुभएको छ ।’
गत साउनमा आएको वाढीपीडितहरुको राहत र पूर्नस्थापनका लागि भगवती चौधरी करिव एक महिना पुरै खटनुभयो । चौधरीका अनुसार वाढीपीडितहरुलाई आफनो ब्यक्तिगत र विभिन्न सस्थाहरु सँग सहकार्य गरि २५ लाख वढिको राहत वितरण गरिएको थियो ।
प्रतिनिधिसभाका लागि सुनसरी क्षेत्र नम्वर तीनकी उमेदवार भगवती चौधरी जनतालाई आपद विपद पर्दा  सघैभरि जनताकै घर आगनमा पुग्छीन । दुइबर्ष बर्षअघि आएको भूकम्पका वेला उनी काठमाडौमै थिइन । भूकम्पपीडितहरुको राहत र पूर्नस्थापनाका लागि उहाँ बिभिन्न जिल्ला पुगिन । आफू र आफनो सस्थाको तर्फवाट राहत वितरण गरिन । उनले त्यो वेला १६ लाख वरावरको राहत वितरण गरिन । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रकम जम्मा गरेकि थिईन ।