धरान / सिआईवीको जारी वित्तिय अपराध गर्नेलाई जोगाउने भन्दै पैसा उठाउने एक युवालाई प्रहरीको क्षेत्रिय व्यूरोको टोलीले बुधबार पक्राउ गरेको छ । इटहरीि तरहराका नवराज मैनालीलाई सिआईवी मिलाईदिने भन्दै रकम लिदै गरेको अवश्थामा पक्राउ परेको इलाका प्रहरी कार्यलय इटहरकिा डिएपी डिएसपी संजय राउतले जानकारी दिए ।
उनले सुनचाँदी व्यवसायी नरबहादुर राईसँग डेढ लाख रुपैंया लिंदै गरेको अवस्थामा सिआईवी , क्षेत्रिय व्यूरो र इलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त टोलीले हलगडाबाट पक्राउ गरिएको हो । पीडित व्यवसायीसँग सुरुमा १० लाख माग गरेको र अन्त्यमा २ लाखमा सिआईवी मिलाउन सक्ने वताउँदै उनले लिएको प्रहरीले जनाएको छ ।
यसैविच पक्राउ परेका मैनालीले केहि दिन अघि तरहराकै ओम साई ज्वेलरीका संचालक जगत लामिछानेको पसलमा राजश्वले मारेको छापाको सामाचार रोकी दिने र पत्रकार मिलाउने भन्दै डेढ लाख रुपैंया लिएको उजुरी इप्रकामा बुधबार दर्ता गराएका छन् । मैनालीले पत्रकारहरुलाई पनि मिलाउनु पर्छ भन्दै पैसा लिएको भनी उजुरी आएको डिएसपी राउतले जानकारी दिए ।
वुधवार ओम साई ज्वेलरीको अवैध वैंकीङ कारोवार पुष्टि हुने पासवुकसहितको समाचार सार्वजनिक भएपछि मैनालीले पैसा लिएको तर समाचार नरोकिए पछि उनी माथि संका भएको थियो । उनले मिडियामा समाचार नआउने ठेक्का लिएर समेत पैसा असुलेको बताइएको छ । प्रहरीका अनुसार उनलाइ ठगी कसुर अन्तर्गत कारवाही हुने छ । मैनाली मल्टीमिडिया संचालन तथा गिटी बालुवाको ठेक्का पट्टा गर्दै आएको बताएका छन् ।
खनारमा पनि सिआईवीको छापा
वित्तिय अपराधविरुद्द अपे्रशन गरिरहेको सिआईवीले थप दुई कम्पनीमा छामा मारेको छ । सिआईवीले खनारमा मुख्य कार्यालय राखेर सुनसरी र मोरङका विभिन्न ठाउँमा कारोवार गरिरहेको ईएमआई ईन्भेष्टमेन्ट कम्पनी र खनारमै रहेको गृहलक्ष्मी सप्लायर्समा छामा मारेको वताईएको छ ।
सिआर्ईवीले ईएमआईको कार्यालय वन्द गरेर संचालक तथा कर्मचारी फरार बनेकाले सिल गरिएको र अर्को सप्लायर्समा छामा मारी कागजात नियन्त्रणमा लिईएको जानकारी गराएका छन् ।
सिआईवीका अधिकारीले दुवै फर्म तथा कम्पनीले गैरकानुनी वित्तिय कारोवार गरीरहेको भेटिएपछि छामा मारिएको र थप दर्जन वढि फर्म तथा कम्पनीको खोजी भईरहेको जनाएका छन् ।
उनले कार्यालय नराखी झोलावाटै संचालन हुने गरेका कारण पक्राउमा कठिनाई भईरहेको जनाएका छन् । गैरकानुनी वित्तिय कारोवार गर्ने सुनचाँदी पसल , फर्म , कम्पनी र ईन्भेष्टमेन्टहरुको खोजी जारी रहेको वताउँदै धन्धा निमिट्यान्न पारेरै छाड्ने सिआईवीका डिएसपी श्यामबाबु औलियाले जानकारी दिए ।