धरान / कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभाग अन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको नेपाल कृषि मेशिनरी व्यवसायी संघले शनिवार धरानमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री रहने संघका महासचिव खोजराज कट्वालले जानकारी दिए । उनले भने, ‘यसबाट कृषि क्षेत्रको समग्र विकास र कृषि उत्पादन वृद्धि हुने हामीले आशा गरेका छौँ ।’
प्रदर्शनीमा जम्मा १० करोडको कारोबार हुने आयोजकको दाबी छ । २० देशका झण्डै २ सय वटाभन्दा बढी कम्पनीले प्रदर्शनीमा भाग लिने महासचिव कट्वाल बताउछन् । ५० हजार अवलोकनकर्ता आउने लक्ष्य रहेको छ । एक सय ५० वटा कम्पनीले छुट्टाछुट्टै स्टल राख्ने छन् । अघि पहिलो प्रदर्शनी चितवनमा र दोस्रो काठमाडौँमा भएको थियो । यो तेश्रो प्रदर्शनी भउको आयोजकले जनाएको छ ।
प्रर्दशनीमा वजार मुल्य भन्दा कम गरेर मेसिन औजार उपलब्द गराईने छ ।। यान्त्रिकरणले बिगतका राष्ट्रिय योजना र नीतिहरुमा प्राथमीकता नपाएपनि हाल आएर बढ्दो शहरीकरण, ्युवा जनशक्ति बजारमुखी र बिदेश पलाएन लगायत बिबीध कारणले गर्दा हाल आएर यसको आवश्यकता र महत्व बढेको कारण यसको आवश्यकता र महत्वलाई प्राथमीकता दिई नेपालमै पहिलो पटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।
यस प्रर्दशनी आयोजना गर्न धरान उपमहानगरपालिका, सुनसरी उद्योग बाणिज्य संघ र पूर्वाञ्चन इन्निनियरिङ अध्ययन संस्थानले सहयोग गर्ने भएका छन् । नेपालको एक मात्र कृषी इन्जिनियरिङ पढाई हुने पूर्वाञ्चन क्याम्पसका विद्यार्थीहरुको लागि सिक्ने मौका समेत हुने आयोजकले बताएको छ । प्रर्दशनीमा ५० हजारदेखि ५० लाखसम्मका कृषी औजार उपकरण पाउने छन् ।