काठमाण्डाै / सरकारले तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले सिफारिस गरेका नाममा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको रहेका छन् ।

बस्नेत कांग्रेसकाे झापा जिल्ला पूर्व सभापति हुन्र भने पाैडेल कांग्रेसकै पार्टी केन्द्रीय कार्यालय सदस्य हुन् । सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले चुनिएर आउनेछन् । ३ जना राष्ट्रपतिद्धारा मनोनित हुने व्यवस्था छ ।