धरान  / कथित प्रेमी र उनका साथीबाट इटहरीको रोयल रिर्सोट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिका बलात्कारको घटना लेनदेनमा गुपचुप बनाएको खुले पछि बालिका माथि बलात्कारमा संलग्नलाई कडा कारबाही गर्न चौतफी दवाव शुरु भएको छ । जघन्य अपराध गर्दा पनि गुपचुम बनाउन संलग्नहरुलाई कारवाही गर्न महिला अधिकारकर्मी तथा राजनितिक पार्टीहरुले पनि दवाव दिएका छन् ।
मगंलवार सयुक्त महिला सञ्जाल इटहरी २० ले दोषीलाई कडा कारवार्हीको माग गर्दे ¥याली निकालेको छ । उनीहरुले घट्नामा संलग्नलाई बचाउँन खोजेको भन्दै कडा कारवाहीको माग गरेको हो । उनीहरुले वडा कार्यलय, इलाका प्रहरी कार्यलयमा पुगेर ज्ञापन पत्र बुझाएका छन ।
बलात्कारीलाई सामाजिक व्यक्तिहरुकै संलग्तामा प्रहरीले ‘मिलापत्र’ गराएको घटना करिब एक महिनापछि वाहिरीएसँगै घट्नाले नयाँ मोड लिएको छ ।
त्यस्तै मगंलवार नै सयुक्त विज्ञप्ती जारी गदै नेकपा एमाले इटहरीका इन्चार्ज रामप्रसाद चौलागाई र नेकपा माओवादी केन्द्र इटहरीका अध्यक्ष भीमप्रसाद सुवेदी सागरद्धारा हस्ताक्षरीत विज्ञप्तीमा यस्तो जघन्य अपराधमा संलग्न जोगाउँन खोजिएको प्रति गम्भिर आपत्ति जनाएका छन् । मुद्वालाई पैसा र पहुचमा अन्यत्र मोड्न खोजे कडा आन्दोलनमा उत्रने चेतवनीसमेत उनीहरुले दिएका छन् ।
राजनीतिक दलहका नेता तथा केही पत्रकारहरु पनि घट्ना लुकाउन लागेको आरोप आएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति निकालेर लेनदेनमा कोही पत्रकार जोडीएको प्रमाण दिए कडा कारवाही गर्ने चेतावनी दिएको छ । यस्तै प्रेस सेन्टर र प्रेस युनियन सुनसरीले पनि आफ्नो संगठनका कोही व्यक्ति मुछिएको पाइए कारवाही गर्ने विज्ञप्ति जारी गरेर जनाएको छ । विज्ञप्तिमा सिङगो पत्रकारीतालाई नै बद्नाम गर्ने गरि गरिएको प्रचारप्रति आपति जनाउदै यस्तो कुकृत्य काम लागेका व्यक्ति सार्वजनिक गर्न भनिएको छ ।
केही पार्टीका नेता तथा बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठलाई उन्मुक्ती दिएर पीडित वालिकालाई थप पीडित वनाएको आरोप सहित प्रहरीमा उजुरी परे पछि प्रदेश नंं १ संघीय प्रहरी कार्यलय विराटनगरले छानविन समिति गठन गरि अनुसन्धान सुरु गरेको छ ।
राजनीतिक दलका केही नेता तथा सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीसहितको संलग्नतामा घट्नालाई गुपचुप पारिएको पीडित परिवारले आरोप छ ।
घटनामा संलग्न धरानका जोकम लिम्बुलाई पक्राउ गरेको भए पनि श्रेष्ठ फरार छन । प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले संघीय प्रहरी इकाइ धरानका प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई छानविनको जिम्मा दिएका छन् । एसएसपी पालको टोलीले गोप्यरुपमा पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसके पछि ईन्सपेक्टर दाहाल र सुनसरीका एसपी विद्यानन्द माझी छानविनमा तानिएका छन् ।
एसएसपी हरिबहादुर पाल नेतृत्वको छानबिन टोलीले मिलापत्र गराउँदा लेनदेन भएकोसमेत सूचना पाएको यस विषयमा अनुसन्धान भईरहेको बताएका छन् । ‘हामीले गहिरो अनुसन्धान गरिरहेका छौ । प्रहरी गैर प्रहरी जो जो संलग्न छन् सबैलाई कानुनी कारवाही हुन्छ ।’(एसएसपी पालले भने (‘सबै अनुसन्धान पुरा भए पछि यथार्थ सार्वजिक गछौं ।’
कसरी भयो गुपचुप
घटनाको तीन दिनसम्म धरानमै बसेकी युवती परिवारको सम्पर्कमा पुगेपछि अभिभावकले पीडक मानिएका जोकम लिम्वुसँगै वडा प्रहरी कार्यालयको जिम्मा लगाएका थिए । वडा प्रहरीमा भएको छलफलमा लिम्वुले विवाह गर्ने सम्मको प्रस्ताव गरेको र मनिष श्रेष्ठवाट क्षतिपुर्ति दिलाउने गरी कुरा भएकोसमेत प्रहरी श्रोतले जनाएको छ । सो प्रस्तावपछि क्षतिपुर्ति समेतको कुरा आएको र सो कुरा लाखौं लेनदेनमा पुगेर टुङगीएको स्रोतको भनाई छ ।
घट्नामा तरुण दलका दुई नेताहरुको नाम आएको बताइएको छ । इटहरीका डिएसपी संजय राउत विदामा बसेको समयमा भएको उक्त मिलापत्र प्रकरणमा कामु कार्यालय प्रमुख चिरञ्जीवी दाहालले मिलापत्र गर्न समस्या हुने भन्दै पन्सिएपछि एसपी विद्यानन्द माझि समेतलाई मिलाएर मिलापत्र गर्न ती दलका नेताहरुले दवाव दिउको बताइएको छ ।
बलात्कारमाा संलग्न मानिएका धरानका लिम्वु र विराटनगरका श्रेष्ठविच पुरानो निकट सम्वन्ध रहेको पनि पाईएको अनुशन्धानमा संलग्न अधिकारीले वताएका छन् । ती अधिकारीले ती दुई युवा निकट सम्वन्ध भएका काँग्रेसका युवा नेताको संलग्नतामा मिलापत्र गराईएको पनि निष्कर्ष निकालेको वताएका छन् ।
बलात्कार जस्तो जघन्य अपराधको घटनामा संलग्नलाई जोगाउन भुमिका खेल्ने प्रहरी अधिकारी र राजनितिक दलको नेता भनेर चिनिएका तर घटनामा विचौलियाको भुमिका खेलेका काँग्रेस निकट युवासहित कागजात तयार पार्ने एक कानुनव्यवसायी समेत माथि अध्ययन भईरहेको प्रहरीले जनाएको छ । करिब एक महिनासम्म कसैले सुइँकोसम्म नपाएको उक्त घटना गुपचुप वनाउन गरिएको लेनदेनपछि भागवन्डा नमिलेपछि घटना प्रहरीको उपल्लो नेतृत्वमा पु¥याएको बताइएको छ ।
घटनामा संलग्न मानिएका लिम्वुलाई छानविन समितिले शनिवार नै पक्राउ गरेको छ । श्रेष्ठको खोजी गरिरहेको छ ।
कसरी भयो घट्ना
बालिकाको बयान अनुसार सामाजिक सञ्चालबाट घनिष्ठता बढेका धरानका लिम्बुले १४ वर्षीया ती बालिकालाई पुस १६ गते अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन घुम्न जान प्रस्ताव गरेका थिए । इटहरीचोकमा उनीहरूको दिउँसो भेट भयो । कार लिएर आएका जोकमले साथी मनीषलाई पनि ल्याएका रहेछन् । तीन जना इटहरीको ‘चिन्तन चौतारी’ रिसोर्टमा बसेर गफ गरे ।
झमक्क साँझ परेपछि उनले घर जान भनेकी थिईन । जोकमले ‘खाजा खाएर जानुपर्छ, चिन्ता नगर, म र्पुयाइदिन्छु’ भनेर अलमलाएका थिए । त्यसपछि तीनैजना झन्डै ४ किलोमिटर उत्तर हलगडास्थित ‘रोयल रिसोर्ट’ पुगे । जोकम र मनीषले पहिल्यै मदिरा पिइसकेकाले ती बालिकालाई उनीहरुले जबर्जस्ती वाइन खुवाएको बताइएको छ । त्यहाँ उनीहरूले दुइटा अलग(अलग कोठा लिएका थिए । मदिरा लागेकी उनी जोकमसंगै कोठामा बसिन् । निकै अबेला बालिकाले घर पु¥याइदिन आग्रह गरिन् । उनले त्यो काम साथी मनीषलाई अह्राए । मनीषले ‘तिमी धेरै मातेकी छ्यौ, कागतीपानी खाऊ अनि जाउँला’ भनेर आफू बसेको कोठा नम्बर ११२ मा लगी बलात्कार गरेको ती युवतीले बयान दिएकी छन् ।
उक्त मितिमा मनीष बसेको कोठा नम्बर ११२ राजकुमारका नाममा ‘बुक’ गरिएको खुलेको छ । ठेगाना विराटनगर र दुई जना बस्ने लेखिएको छ । पुरुष र महिला, नातामा साथी खुलाइएको छ । यसले उनले कोठा लिँदै ती बालिकासँग रात बिताउने नियत राखेको र नामसमेत नक्कली राखेको देखिएको छ । योजनाबद्ध बलातकार भएको देखिएको छ ।
‘आफुले पटक(पटक आग्रह गर्दा पनि उसले जबर्जस्ती बलात्कार ग¥यो’, बालिकाले प्रहरी जाहेरीमा भनेकी छन् बलात्कारपछि उनलाई मनीषले जोकमकै कोठामा पु¥याइदिएको थियो । उनले ‘चिन्ता नलेऊ, म तिमीलाई स्विकार्छु’ भन्दै रातभर आफैंसँग राखेका थिए ।
विक्षिप्त अवस्थामा पुगेकी बालिका भोलिपल्ट घर नगई साथीकहाँ पुगेको उनका आफनतले बताउका छन् । यसबारे थाहा पाएपछि तिन दिनपछि उनलाई लिएर बाबुआमा धरानको वडा प्रहरी कार्यालय पुगेका थिए । इलाका प्रहरीका प्रमुख डीएसपी सञ्जय राउत विदामा गएका बेला इन्चार्जको जिम्मा पाएका इन्सपेक्टर चिरञ्जीवी दाहालले दबाबपूर्ण तरिकाले मिलापत्र गराएका बताइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीको निर्देशनमा मिलापत्र गरेको बताइएको छ ।