विराटनगर। विराटनगरको बसपार्क नजिक मा ट्रक र स्कारपियो ठोक्किएको छ। महेन्द्रचोक तर्फ जाँदै गरेकाे ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । ना५ख १९१४ नम्बरको ट्रकले को२च २१ नम्बरको स्कारपियोलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ ।
स्कारपियोमा एमालेका सुनसरी क्षेत्र नं ज्१ का प्रदेश सभा सदस्य प्रदिप भण्डारीलगायतका अन्य संसद चढेका थिए । एमाले पार्टी कार्यालय विराटनगरवाट फर्किने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कारपियोको छेउको भाग कुच्चिएको छ । मानविय क्षेति भने नभएकाे जिल्ला प्रहरी कार्यलय माेरङले जनाएकाे छ । तस्विर च्यानल धरानबाट