धरान / धरान उप–महानगरपालिका भित्र नयाँ भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको सोमबार धरान उप–महानगरपालिकाका नगर प्रमुख तारा सुब्बा र उप प्रमुख मञ्जु भण्डारी (सुबेदी)ले सयुक्त रुपमा शिल्यानास गरेका छन् । भवन उद्घाटन पछि मेयर सुब्बाले भवन निर्माणको कार्यलाई ब्यवस्थित रुपले अगाडी बढाउन समेत आग्रह गरे । चालु आर्थिक बर्षमा १० कोठाको नयाँ भवन बनाउन योजना स्विकृत भएको थियो । भवन बनाउने ठेक्का श्रीभुमि ओम पञ्चकन्या जेभिले पाएको छ ।
गत माघ १२ गते बसेको नगर कार्यपालिकाको बैठकले ठेक्का स्वीकृत गरेपछि भवन निर्माण कार्य सुरु भएको हो । १० कोठाको आधुनिक भवन निर्माण गर्न १ करोड ५५ लाख ५३ हजार १ सय ८७ रुपैयाको ठेक्का स्वीकृती भएको धरान उप महानगरपालिकाका वरिष्ट इन्जिनियर सुरज श्रेष्ठले बताए । २०७२ साल बैशाख १२ गते गएको भुकम्पनले धरान उप महानगरपालिकाका भवनहरु भत्काएपछि उप महानगरमा कार्यालय सञ्चालनका लागि भवनको अभाब भईरहेकोसमेत इन्जिनियर श्रेष्ठले बताए ।
यो भवन बनेपछि उप महानगरपालिकालाई कार्यालय सञ्चालनका लागि सहज हुने धरान उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले बताए ।