धरान । धरानमा प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति विरुद्ध पत्रकारहरुको आन्दोलन ४ दिन देखि जारी छ । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सन्जालमा पत्रकार तथा सन्चारकर्मी माथि प्रयोग गरिएको अमर्यादित भाषा र दुर्व्यहारपूर्ण अभिव्यक्ति कारण पत्रकारहरुले आन्दोलन गरिरहेका छन् । आज-सोमबार _ पत्रकारहरुले मौन जुलस प्रदर्शन गरेका छन् । 

2 1

नेपाल पत्रकार महासङ सुनसरीको नेतृत्वमा धरानमा भौन जुलुस निकालिएको थियो । भानुचोकदेखि चतरालाइन हुँदैं धरान उपमहानगरपालिकाको कार्यलयसम्म प्रेस स्वतन्त्रता हनन् विरुद्ध पत्रकार मौन जुलुसमा सहभागी भएर विरोध जनाएका थिए ।

3 1

जुलुसमा पत्रकारहरुले स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ, प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि,हामी यसको जवाफ पाउछौ कि, प्रेस स्वतन्त्रताको रक्षा गर लगायतका नारासहितको प्लेकार्ड सहित पत्रकारहरुले प्रर्दशन गरे । जुलुशमा धरानका राजनीतिक दल, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले समेत ऐक्यबद्धता जनाएका छन् ।

4 1

प्रेस अभिव्यक्ति र स्वतन्त्रताको रक्षा गर्न माग गर्दै आन्दोलनको पहिलो दिन प्रेस विज्ञप्ति जारी गर्ने, दोस्रो दिन पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।  

तेस्रो दिन सन्चार माध्यममा स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ,प्रेस स्वतन्त्रतालाई सम्मान गर नारा प्रकाशित गरेका थिए । 

भाेली  पत्रकारहरुले धरानका पूर्व नगर प्रमुख र जनप्रतिनिधिसँग ‘प्रेसमैत्री धरान, हिजो र आज’ विषयक अन्तरसंवाद गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष जनकॠषि राईले बताउनु भयो ।