धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)ले पत्रकारहरुलाई सामाजिक सञ्जाल मार्फत धम्की दिने र सिंगो पत्रकारितालाई नै बद्नाम गर्ने काम गरेको भन्दैं  नेपाल पत्रकार महासघ सुनसरीले जिल्ला प्रशासन कार्यलय मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । 

मेयरका समर्थकहरु पत्रकारबिरुद्ध अराजक भएर प्रस्तुत हुँदा सुनसरीको धरानमा स्थिती असहज बन्दै गएको ज्ञापनपत्रमा उल्लेख  गरिएको छ । श्रृंखलाबद्ध रुपमा मेयर साम्पाङद्वारा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता विरोधी गतिविधि बढिरहेको बताउदै धरान उपमहानगरपालिकाको गतिविधीबारे समाचार संकलन गर्न जान सहज वातावरण पत्रकारका लागि नभएको जनाएको छ ।

'उहाँकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ , पत्रकारलाई निसाना बनाएर मेयर साम्पाइले दिएको अभिव्यक्ति संवेदनशील भएको ठहर गरेका छौ।'- ध्यानाकर्षण पत्रमा भनिएको छ । 

 स्थानीय सरकारको प्रमुखको दायित्व जनताको जिउधनको सुरक्षा गर्ने भए पनि नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको व्यक्तिबाट पत्रकारहरुले असुरक्षित महसुस गरेको  महासङले जनाएको छ । 

अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र हामी पत्रकारहरुको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष यो मागपत्र पेश गर्दछौ। ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नेपालको संविधानले प्रत्याभूत गरेको र अन्तराष्ट्रिय मूल्य९मान्यता अनुसार प्रेस स्वतन्त्रता अक्षुण रहने व्यवस्था सुनिश्चित गर्दै निर्वाध रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सृजना गर्न पनि नेपाल सरकार समक्ष महासङले माग गरेको अध्यक्ष जनकऋषी राईले जानकारी दिनु भयाे ।

शुक्रबार नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यहरु इक्याल अहमद, भिषण राई, अमर खड्का, कोशी प्रदेश समिति अध्यक्ष लिलाबल्वभ घिमिरे, महासचिव विवेक गौतमलगायत जिल्लाका पूर्व अध्यक्षहरुसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगी ध्यानाकर्षण पत्र बुझाएको हो ।  पत्रकारहरुको गुनासो सुन्दैं प्रमुख जिल्ला अधिकारी हुमाकला पाण्ढेले उक्त ध्यानाकर्षण पत्र आजै मनत्रालय पठाई दिने बताउनु भएको छ । यस विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको बताउदैं यस बारे बुझने बताउनु भएको छ । 

May be an image of 5 people and text