धरान । धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षहरुको आन्त्रिक मतभेदका कारण बस्न नसकेको कार्य पालिकाको बैठक आइतबार बस्ने भएको छ । 

उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाका अनुसार आइतबार दिउँसो २ वजे कार्यपालिकाको वैठक वस्ने सहमति भएको  वताउनु भएको छ । 

उहाँले भन्नु भयो,मेयर र वडाध्यक्षवीचको कमीकमजोरीलाई स्वीकार्दै बैठक बस्ने मैखिक सहमति भएको छ र वैठक आइतवार बस्छ।’

धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईले पनि मेयरसँग आइतवार कार्यपालिका वैठक वस्ने सहमति भएको स्वीकार गर्नु भयो । 

उहाँले भन्नुभयो,‘हो अव लामो समय सम्म वस्न नसकेको कार्यपालिका वैठक वस्ने सहमति चाहिँ भएको छ र वैठक वस्छ तर हामीले उठाएका मागहरु चाहिँ कार्यपालिका वैठकमा नगरप्रमुखले संवोधन गर्नु पर्छ ।’दई महिना अघि देखि मेयर र वडाध्यक्षहरुवीचको आन्तरिक द्धन्द्धका कारण धरान उपमहानगरपालिकाको वैठक वस्न सकेको थिएन ।

शुक्रवार सचेत धराने समुहको पहलमा मेयर,उप–मेयर र वडाध्यक्षवीच वैठक वसेको थियो । वैठकले कार्यपालिका वैठक चाहिँ वस्ने सहमति गरेको छ तर वडाध्यक्षहरुले आफुहरुले उठाएको मागलाई मेयरले पुरा गर्नु पर्ने अडान राख्नु भएको थियो ।वडाअध्यक्षहरुले ५ बुँदे मागहरू राखेर आन्दोलित छन् । 

।२०७९ साल चैत १ गते बसेको बैठकमा नगर प्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूले वडाध्यक्षहरुलाई पत्र काटेपछि विवाद वढेर गएको थियो । 

मेयर साम्पाङ बैठक आव्हान गरे पछि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गर्दै आन्दोलनमा छन्। मेयर साम्पाङ र उहाँका समर्थकहरुले वडाअध्यक्षहरुविरुद्ध गालीगलौज गर्दै सामाजिक सञ्जालमा आक्रमण गर्ने गरेका थिए भने राजनीतिक दलका कार्यकर्ताहरु पनि मेयर र उहाँका समर्थकहरुविरुद्ध खनिँदा धरानमा जटिलता उत्पन्न हुँदै गएको छ  ।

फायल तस्वीर