माेरङ / पुष १९ गते  janatimes.com अनलाईन खवरले छापेको समाचारमा सुन्दरहरैचा नगरपालिका ५ मा पुसको कठ्याङ्ग्रिदो चिसोका कारण एक महिनाकी छोरी रोशनीलाई गुमाउनु परेको मनिषा ऋषिदेवको पीडा प्रकशित भएको थियो । यो दुखत खबर पढेपछि केही गर्न सकिन्छ, कि भनी सुन्दरहरैचाबाट लक्ष्मी राई र काठमाण्डौबाट कविता राईले व्यक्त्तिगत रुपमा नजिकका साथीहरु र दाजू दिदिहरुसँग सहयोग संकलन गरि सुन्दरहरैचाका न्युन आय भएका मानिसहरुलाई न्यानो कपडा बाढ्नको लागि यो अभियान शुरु गरिएको थियो ।{ यस अभियानमा तराई, पहाड, हिमालकानेपालीहरुको सहयोगमा यस मानव कल्याण कार्यले मूर्त रुप लिये ।

यस अभियान अन्तर्गत ३७ जना सहयोगीहरुले रकम, ब्याङकेट तथा सामग्री संकलनका लागि यातायात  सहयोग गरे । यस अभियान अन्र्तगत मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिकाको ३ नंम्बर वडाको रेडक्रस लोचनीको आदिवासी झागड बस्तिका ३० परिवारलाई सिरक बाढिएको थियो । वडा नं.४ को चरीगुवा र वडरा मुसहर बस्तिमा ६ परिवार, वडा नं. ६ को गैरी टोलका अति गरिब ६ घरपरिवार र वडा नं. १ मा अवस्थित टनकपुर बस्तिका आदिवासी समुदायका ७ अति विपन्न परिवार गरी ४९ परिवारलाई सिरक स्थानीय जनप्रतिनिधिहरुबाट बाढिएको थियो ।

सगिंनि महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमिला गौतमको समन्वयमा सुनसरी, ईटहरी नगरपालिकाको वडा नं.७ वग्राहाको मुसहर बस्तिका १४ घरपरिवारलाई ब्याल्ङ्केट वितरण गरिएको थियो ।   

सुनसरी, धरान उपमहानगरपालिकाका  विपन्न तथा अपाङ्गता भएका २व्यक्तिहरुलाई सिरक उपलब्ध गरिएको थियो । ६५ अति विपन्न, अपाङ्गता भएका परिवार र जेष्ठ नागरिकलाई न्यानो बाढिएको छ ।  यसका साथै खोटाङ्गका अग्नि पिडित परिवारको सहयोगका लागि भनेर रु५०९५। रकम  गैर सरकारी संस्था महासंघ खोटाङ्ग मार्फत सहयोग गरिएको छ । सो रकम  गैर सरकारी संस्था महासंघ खोटाङ्गका अध्यक्ष विमलकाजी श्रेष्ठलाई उपलब्ध गरिएको छ ।

यस अभियानमा ३४ जना सहयोगीबाट रकम स्वरुप रु.५०६१५/, १ जना सहयोगीबाट जम्मा १४ ब्याङकेट र २ जनाबाट यातायात सुविधा प्राप्त भएको थियो । यस अनुरुप जम्मा आय रु.५०६१५/ बाट रु.४२२५०/ सिरक खरिदका लागि, रु.३२७०/ यातायात खर्च, र रु५०९५/ खोटाङ्गका अग्नि पिडित परिवारको सहयोग गर्ने प्रयोजनका लागि खर्च गरिएको अभियान्ता लक्ष्मी राईले जानकारी दिईन ।