इटहरी / पछिल्लो समय इटहरीका मेयर द्वारिकलाल चौधरीले सि.एफ.एल. वल्व खरिद प्रकरणमा मेयर मौन रह्यो भन्ने चर्को आलोचना खेपिरहेका बेला आफूलाई खरोरुपमा प्रस्तुत गरेका छन् । सार्वजनिक कार्यक्रममा समेत आफ्ना कुरा प्रस्ट्याउन थालेका छन् । गएको शनिवार थुप्रै कार्यक्रममा उपस्थित जनाएका मेयर चौधरीले शुष्मा गोदावारी कलेजमा हिसान स्पोर्टस मिट समापन तथा लोक नृत्य प्रतियोगिता कार्यक्रममा सम्बोधनका क्रममा नेपाली कला, संस्कृति र त्यसको विकास, संरक्षण र सम्र्बद्धन अनि महत्वका विषयमा केही समय खर्चेका मेयरले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै आफ्ना भनाइलाई थोरै विषयान्तर गर्छु भनि आफ्ना इटहरी उप–महानरपालिकाको सि.एफ.एल. खरिद प्रकरणका विषयमा धारणा प्रस्तुत गरेका थिए । जुन कुरा जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएकाे छ:

मलाई यहाँ विशिष्ट अतिथि स्थानीय प्रमुखको हैसियतले बोलाएको हो । त्यस कारण इटहरी उप–महानगरले के गरिरहेको छ ? जनप्रतिनिधिहरु के गरिरहेका छन् ? यो सर्वाधिक चासोको विषय बनेको छ र त्यो बन्नु पर्दछ । केही समय अगाडि समचार आयो, सि.एफ.एल. प्रकरणमा कडरौँ घोटला । भोलिपल्ट अख्तियार आयो, हामीले आवश्यक सबै सहयोग गरी छायाँकपी दियौँ । भोलिपल्ट समचार आउँछ, मेयर अख्तियारको फन्दामा कब्जामा । मानौ म जेलमा छु, क्या काइदा, त्यस्तै छानबिन समितिले प्रतिवेदन दियो, प्रतिवेदनले २० लाख भ्रष्टचार भएको कहीँ भन्दैभन्दैन सि.एफ.एल. प्रकरणमा २० लाख भ्रष्टचार, मेयर बैंककमा भनेर समचार सम्प्रेषण भयो । मानौ कि, कालो धन गाड्न बैंकक गएछु । कहिलेकाहीँ अप्ठ्यारो हुँदो रहेछ, वेगले हुरिवतास चलेको बेलामा ठूलाठूला रुखहरु पनि निहुरिन बाध्य हुन्छन् । भर्खरै प्रमुख प्रशासकीय अधिकृत आउनु भएको थियो, उहाँले सङ्का गर्न सक्नुहुने भयो सिङ्गो कार्यपालिका र आम जनसमुदायले । साँच्चै मेयरले वदमासी नै गरेका हुन् कि भन्ने खालको भान भयो । कहीँ मुख खोल्ने स्थिति थिएन, एक्लो वृहस्पति झुटो जस्तो । जब छानविन समितिको प्रतिवेदन आयो तब चाँहि सबै ढुक्क भए कि जनप्रतिनिधिहरुको सहभागिता छैन । अब अख्तियारले छानबिन गरिरहेको छ, धर्ना र तालाबन्दी चलिरहेको छ, भ्रष्टचारीलाई कार्वाही गर ! हामी भन्न चाहन्छौँ– संवैधानिक आयोगले छानविन गरिरहेको अवस्थामा त्यसलाई समेत नपर्खेर हामी कुनै निर्णय गछौँ भने त्यो हतार हुन्छ कि हुँदैन ? यसो हेरेँ मैले, कुन दल विशेषले आन्दोलनको घोषणा गरेको रहेछ । धर्ना देखि म भ्रष्टचार हुँ, मलाई सहयोग गर्नुहोस् भनेर दानपेटीका राख्ने र अर्को दिन मेरो पुत्ला दहन गर्ने । मैले भनेँ यी सबै कुरामा मेरो चित्त दुख्दैन, हामीले कस्तो खालको लोकतन्त्र ल्यायौँ भने सर्वोच्च अदालतका प्रधानन्यायधिसको इजलासमा तिमी भ्रष्ट हौ, माफिया हौ, नानाथरि ... भनेर बहस गर्न सक्ने त्यस्तो लोकतन्त्र ल्याएका छौँ, जाबो मेयरको के कुरा । त्यसकारण मलाई कुनै दुःख लागेको छैन । कहिलेकहीँ भ्रम पर्दो रहेछ, ऋषि जगदम्बी पनि भ्रममा परेका थिए । उनको आदेश मानेर छोरा पर्शुरामले आमालाई वद् गरेका थिए स्थिति त्यस्तो हो । त्यसकारण म भन्न चाहन्छु द्वारिक चौधरी खुल्ला पाना जस्तै हो । कुनै दिन मैले अङ्ग्रेजीमा बोलेको थिएँ, पच्चीस वर्ष अगाडि म हाँसपोसामा १० वर्ष परीक्षण भइसकेको मान्छे हुँ । “आज २ लाख जनता बीचम परीक्षा दिँदैछु, परीक्षा होइन अग्नि परीक्षा पटक पटक दिनेछु र पास भएरै छाड्ने छु ।” हामी जनप्रतिनिधिहरु नालायक हुन्, बेकम्मा हुन् भन्ने ढङ्गले समाचार आइरहेको छ । भ्रष्ट शिरोमणि मेयर चौधरी भन्ने ढङ्गले, कृपया माफ गर्नुहोला स्थिति त्यस्तो होइन । हामी थुप्रै काम गर्ने वाला छौँ र हामी प्रतिबद्ध छौँ । भ्रष्टचार दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धानले आयोजना गर्ने कार्यक्रममा हामीले सिम्बोलिक हिसाबमा सफाइ अभियान अन्तर्गत ट्याङ्ग्राखोला सफाइ अभियान । त्यो भनेको त्यसको सिम्बोलिक खोलानाला मात्र सफाइ होइन हाम्रो मनोविज्ञानसमेत विकृत छ, त्यसको पनि सफाइ हुन जरुरी छ । हामी थुप्रै काम गर्नेवाला छौँ, तपाईँहरुले देख्नुहुने छ । मेरा लागि यो नयाँ अनुभूति पनि भयो, दुई वर्ष अगाडि चार ओटा गाउँ गाभिएर इटहरी उप–महानगरपालिका भयो । कतिपय कुरा म नबुझेको हुन सक्छु, म मोही किसानकै छोरा भएकाले खेतीपातीकै उदाहरण दिन चाहन्छु – यसो नयाँ खेती कसैले लाको थियो पानी चुहुँदै जाँदो रहेछ, प्वाल पार्ने गङ्गटा होला, गोही होला, के होला यसो थाहा पायो, अरु टालटुल पारो, पाक्ने बेला भयो भने त भालुले पनि खाइदिन सक्छ, बाँदरले पनि खाइदिन सक्छ । यी सबै थाहा भयो भने दुलादुली पनि टालिने छन् । गोही, बाँदर, गङ्गटा, भालु सबै मारिनेछन् । मेरो साहित्य अलिक कमजोर छ यहाँहरुले बुझ्नुभयो होला । त्यसकारण जनताले हामीलाई जनु विश्वासका साथ अमूल्य मत दिनुभएको छ, तपाईँहरुको विश्वासमा कुनै ठेस लाग्ने काम गर्ने छैनौँ । कुनै धोकाधडी हुने छैन । फेरि पनि तपाईँहरुको बीचमो प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।