सुनसरी / धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कर्मचारीले आफुखुसी प्रतिष्ठान हाताभित्र आवास निर्माण गरिरहेका छन् । पाँच लाख भन्दा माथिका कुनै पनि निर्माण वा खरिद गर्दा टेण्डर गर्नु पर्ने खरिद विक्रि ऐनमा उल्लेख भए पनि लेखा शाखाका सुपरभाईजर कमल रायमाझीले प्रतिष्ठान प्रशासनलाई कुनै जानकारी नगराई आफुखुसी आवासका लागि कोठा थपेका हुन ।
करिव ८ लाख लागतमा उनले निर्माणलाई अन्तिम चरणमा पु¥याएको ठेकेदारले जनाएको छ । आवास साँगुरो भएको भन्दै रायमाझीले २ वटा कोठा थपेका हुन् । भवन निर्माण स्थल नजिक रहेका केही रुखहरुसमेत काटिएको छ ।
प्रतिष्ठान हाता भित्र बन्दै गरेको आवासको विषयमा अस्पताल निर्देशक, उपकुलपति बेखवर छन् । यस विषयमा उपकुलपति प्राडा राजकुमार रौनियार प्रतिष्ठानलाई कुनै जानकारी नभएको बताए ।
प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐर कुनै कर्मचारीलाई थप आवस चाहियो भन्दै कोठा थप्ने, भएको भवनमा तला आफुखुशी थप्दा नराम्रो सन्देश जाने बताए । प्रतिष्ठानको कार्यसमितिमा छलफल गरेर आवश्यक भए अनुमोदन गरेर मात्र निर्माण प्रक्रिय अगाडी बढाउन पाईने ऐरले भने । ‘आफुखुसी कर्मचारीले आवास भवन बनाउनु गैरजिम्मेवार हो ।’–उनले भने ।
यस विषयमा सुपरभाईज रायमाझीसँग सम्पर्क गर्न खोज्दा आफु आइसियुमा व्यस्त रहेकोले पछि कुरा गर्ने म्यासेज पठाएका छन् । प्रतिष्ठानमा भएका भवन तथा आवासलाई मर्मत संभार गर्ने, बजेट विनियोजन गर्ने अधिकार रजिष्टारलाई भए पनि नयाँ भवन बनाउन भने कार्यसमितिमा निर्णय गराउनु पर्ने व्यवस्था रहेको छ ।