धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. संजिव शर्मा सर्पदंश विज्ञ टोलीमा नियुक्त पाएका छन् । सर्पदंश उपचारमा लामो समयदेखि कार्यरत विभिन्न देशका ८ जना चिकित्सकहसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शर्मालाई पनि विज्ञ टोलीमा नियुक्त गरेको हो ।
मृगौला तथा मुटु रोग विशेषज्ञ प्रा.डा. शर्मा १८ वर्षदेखि सर्पदंशको उपचारमा संलग्न रहँदै आएका थिए । विशेषज्ञ शर्मालाई विज्ञ टोलीमा नियुक्त गरेसँगै नेपालमा सर्पदंशको उपचार सहज हुने अपेक्षा गरिएको छ । उनी नेपालबाट टोलीमा परेका हुन ।
डा. शर्माले आफूलाई विज्ञ टोलीमा नियुक्त गरेसँगै जिम्मेवारी थप बढेको बताए । शर्माले सर्पदंश उपचारको लागि विभिन्न जिल्लाहरुसँग समन्वय गरेर उपचारलाई प्रभावकारी बनाउन तिर आफ्नो ध्यान रहने बताए । नेपालको तराई जिल्लामा विषालू सर्पहरु पाउने गरेको छ ।
त्यस्ता सर्पहरुले टोकेका कारण ८० प्रतिशत मानिसहरु उपचार अभावमा अकालमै ज्यान गुमाउने गरेका छन् । त्यसको निर्मूलिकरणको लागि डा. शर्मा लागि पर्ने बताएका छन् ।
नेपालका लागि छुट्टै एन्टीभेनम बनाउन सरकारसँग लभिङ भईरहेको छ । सन् २००० देखि विपी कोईराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सर्पदंशको अध्ययन भईरहेको छ । एक तथ्याङक अनुसार एक सय जना विमारी मध्य २० जनाको मात्र उपचार सम्भव हुदै आएको छ । ८० जना अस्पताल नपुगी घरमै मर्छन् । छिटो उपचार केन्द्रमा पु¥याउन विपी प्रतिष्ठानले मोटरसाईकल भोलेन्टीयर कार्यक्रम संचालन गरेको छ । उनसहितको टोलीले नेपालमा पाईने सर्पकोबारे अध्ययन गरेर कितावसमेत प्रकासित गरिएको छ ।