धरान / सुनसरीउद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पवन अग्रवाल माथि हम्वर प्रहार भएको छ । लेनदेनको विषयमा विवाद हुँदा आफ्नै घरमा काम गर्ने मजदुरले फलामको हम्बरले हिर्काएर गम्भीर घाईत बनाएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सम्भव नभए पछि थप उपचारको लागि विराटनगरको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । धरान–१८ स्थित बीपी प्रतिष्ठानको मुख्य प्रवेशद्वार अगाडि बिहीबार मध्यान्हतिर कामदार नवीन गिरीले अग्रवाललाई टाउकोमा हम्बर प्रहार गरेर गम्भीर घाइते बनाएको स्थानीयले बताएका छन् । उनीले टाउकोमा दुई पटक प्रहार गरेको बताइएको छ । ती मजदुर नियमित रक्सी खाएर काम आउने गरेको बताइएको छ । विहीबार पनि रक्सी खाएर आएकाले किन रक्सी खाएर आएको भनी भन्दा आक्रमण गरेको पारिवारिक श्रोतले बताएको छ । पूर्व प्रहरी रहेका गिरी माओवादीमा लागेका थिए । धरान–१६ सुनौले बस्ती बस्ने ५३ वर्षीय गिरीले हम्बर प्रहार गरेपछि अग्रवालको टाउकोमा गम्भीर चोट लागेकोले अवस्था चिन्ताजक रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । हम्बरले हिर्काएर फरार रहेका गिरीलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । अग्रवालले प्रतिष्ठानभित्र औषधि उपलब्ध गराउँदै आएका थिए । ठेक्का अवधि सकिएपछि उनले प्रतिष्ठान अगाडि औषधि व्यवसाय गरिरहेका थिए । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।