धरान  / धरान उपमहानगरपालिका मेयर हर्कराज राई(साम्पाङ)लाई ‘अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर कार्यपालिका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनु भनी प्रयोग गरिएको प्रति धरानका ६ राजनीतिक दलहरुले आपति जनाएका छन् । 

उक्त शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समाधान खोज्न र सामूहिक नेतृत्व सहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरूप अगाडि बढ्न’ छ वटा राजनीतिक दलले संयुक्त रूपमा सुझाव दिएका छन् ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले उत्पन्न विवादमा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक भएको उल्लेख गर्दै नेतृत्वको हैसियतमा समस्या समाधानको पहल लिने अवस्थामा कार्यपालिका सदस्यहरूलाई धम्क्याउने शब्द मेयरबाट प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख दलहरूका स्थानिय नेतृत्वहरुले संयुक्त विज्ञप्ति मार्फत उक्त सुझाव दिनु भएको हो । 

नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र)का नगर इन्चार्ज चोत्लुङ (फोक्वाहाङ सुब्बा), जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एकीकृत समाजवादी) धरानका अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरानका कार्यवाहक अध्यक्ष दोर्जे शेर्पाले आइतबार संयुक्त विज्ञप्ति जारी गरिन सुझाउनु भएको हो । 

‘हजारौँ शहीदहरूको बलिदान, लाखौँ लाख पार्टी कार्यकर्ताहरू र नेपाली जनताको रगत पसिनाबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा एउटा जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उद्दण्ड सहितको अधिनायकवाद उदय हुन लागेको आभास भएको छ ।’–विज्ञप्तिमा भनिएको छ ‘

२०७९ असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखिरहँदा बैठकको अध्यक्षता गरिरहनु भएको नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्य अनुप देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि सम्पूर्ण कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक हो, भनी विज्ञप्तिमा भनिएको छ ।

अहिलेको धरान उपमहानगरपालिकाको निर्वाचित जनप्रतिनिधिहरूको समीकरण हेर्दा धरानको विकास र समृद्धिको लागि सबैको सहकार्य र समन्वय झन् जरुरी भएको उल्लेख गर्दै विज्ञप्तिमा मुलुक नयाँ परिवर्तनलाई संस्थागत गर्ने चरणमै रहेको बेला केही तत्त्वहरूको सलबलाहट सुरु भएकोले त्यसप्रति गम्भीर हुन आग्रह पनि गरिएको छ । उहाँहरुले समन्वय, सहकार्य र उकताबाट मात्र धरानको विकास हुने भन्दैं मेयर राईलाई समन्वयकारी भूमिका निर्वाह गर्न सुझाउनु भएको छ । 

उहाँहरुले  नेतृत्वको हैसियतामा समस्या समाधानको लागि पहल कदमी र अभिभावकीय भुमिका निर्वाह गर्न मेयर साम्पाङलाई सुझाव दिनु भएको हो ।  मेयरले आफ्नो भुमिका निर्वाह गर्न छोडेर पत्रकार सम्मेलन गरि कार्यपालिका सदस्यहरुलाई धम्क्याउने शैलीमा राजिनामा दिनु भन्ने शब्द प्रयोग गरेकोमा पनि दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफु मात्र जननिवाृचति जूतो भएर प्रस्ुतुत भएर अन्य निर्वाचित जनप्रतिनिधीहरुलाइै अपमान गरेको उहाँहरुकोभनाई छ । 

साम्पाङलाई अराजक नबन्न पनि सचेत गराएका छन् । तीन दिनअघि बसेको नगरकार्यपालिका बैठकमा प्रमुख साम्पाङ कार्यपालिका सदस्यहरूविरुद्ध अराजक ढंगले प्रस्तुत भएकाले उहाँलाई सचेत गराउन विज्ञप्ति जारी गरिएको जनाइएको छ ।

 हिजोको राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गर्दै हिजोको आन्दोलनमा योगदान नभएका ‘छदमभेषी’ व्यक्तिले अराजकता मच्चाइरहेको आरोप पनि लगाएका छन् ।