धरान  / धरान उपमहानगरपालिकाका  अधिकांश वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको बताएउनु भएको छ । 

बिहिबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै उहाँरुले कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङले बैठकमा कार्यपालिका सदस्यलाई दिएको गैरजिम्मेवार अभिव्यक्ति भएको पनि बताउनु भएको छ । तीन महिनादेखि धरान उपमहानगरको कार्यपालिका बैठक बस्न सकेको छैन् । बैठक नबस्दा नगरको नीतिकगत निर्णयमा समस्या भएको छ । 

गत असोज १४ गते बसेको कार्यापालिका बैठकमा मेयर साम्पाङले कार्यापालिका सदस्य अनुप देवानलाई आफ्नो धारण राख्ने क्रममा हर्कादैं बाहिर निस्कन निर्देशन गरे पछि विवाद सुरु भएको थियो । 

उक्त अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राखेपनि मेयर साम्पाङले अस्वीकार गरि तोकआदेशको आधारमा नगर चलाउछुँ भन्दैं कार्यपालिका सदस्यहरुलार्य अपमान गर्नु भएको थियो । 

त्यस पछि कार्यपालिका सदस्यसँग सामान्य क्षमायादन गर्नु पर्ने माग गरे पनि मेयर साम्पाङले मान्नु भएको थिएन । पटक पटक कार्यपालिका बैठक नभए पछि विहीबार मेर साम्पाङ स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार भएक भन्दैं कार्यपालिका सदस्यहरु पत्रकार सम्मेलन नै गरि मेयर विरुद्ध उत्रिएका छन् । मेयर साम्पाङले कार्यशैली परिवर्तन गरेर म नभै हामी भन्ने भावना अनुरुप धरानको विकास गर्न एकतावद्धरुपमा अघि बढ्ने वातावरण सृर्जना गर्न उनीहरुपनि माग गरेका छन् ।

 वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सुर्य भट्टराई (मनोज)ले नेतृत्वको रुपमा मेयर साम्पाङले वैठक सुचारु गर्न कुनै पनि पहल नगरेको उहाँले बताउनु भयो । मेयर साम्पाङले अराजक र स्वेच्छारी प्रवृत्ति देखाएको पनि उहाँले जानकारी गराउनु भयो । मेयर साम्पाङले गैरसंवैधानिक र गैरकानुनीरुपमा तोकआदेशकै आधारमा काम गरिरहेको र त्यसको जवाफदेही नगर कार्यपालिका नहुने पनि उहाँले प्रस्ट पार्नु भएको छ । 

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा मेयर साम्पाङले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, विना निर्णय साबुन उद्योगको निर्माण कार्य शुरु गरेको, विपी पार्कको नाम परिवर्तन गरि विना निर्णय आफ्नो फोटो राखेर श्रम सँस्कृति पार्क नामकरण गरेको उल्लेख छ । यस्तै  सामाजिक सञ्जाल (फेसबुक)मा तुच्छ शब्दहरु प्रयोग गरि गाली गलौज गर्दै प्रस्तुत भएको, जातीय सद्भाव खलबलिने गरि निच शब्द प्रयोग गरि दलित समुदायको आत्मासम्मानमा चोट पुर्याएको, सेवाग्राहीहरुलाई हप्कीदप्की गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरुलाई अपमानित गर्ने गरेकोलगायतका आरोप मेयर साम्पाङमाथि छ । 

मेयर साम्पाङले आफ्नो गल्ती स्वीकार गर्ने भन्दा पनि तोकआदेशको भरमा नगर चलाउछुँ भन्दै कार्यपालिका सदस्यहरु धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेको उहाँले बताउनु भएको छ ।े साबुन उद्योगको संरक्षण समिति गठन गरेको बिषयमा पनि प्रश्न उठेको छ । 

 मेयर साम्पाङ कार्यापालिका सदसयहरुलाई इक्ति गदैं दैनिक फेसवुकमा स्टार्टस लेख्दैं आउनु भएको छ । तर कार्यापालिका भित्रको समस्या समाधानका लागि भने कुनै ठोस पहल कदमी गर्नु भएको छैन् । कार्यापालिका सदस्यहरुले उहाँका विरुद्ध पत्रकार पत्रकार सम्मेलन गरे पछि  मेयर साम्पाङले फेसवुक पेजबाटै पत्रकारहरुलाई आफ्नो कार्यकक्षमा बोलाउनु भएको छ । 

उहाँले थप लेख्दैं खोला बेचिखान नदिदा, भ्रष्टाचार गर्न नदिदा , बेथिति मचाउन नदिर्य ६ महिना मै धरानमा परिर्वतन ल्याइदिएकाले मलाई निरंकुश भएको आरोप लगाएको बताउनु भएको छ । ‘यतिको त केही होइन । माफियाहरुको लागि त हिट्लर बन्न नि तयार छु । जय देश । जय मातृभूमि ।’–उहाँले लेख्नु भएको छ ।