धरान  / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)ले सामाजिक सञ्जालमा दलित समुदायलाई होच्याएर प्रयोग गरेको शब्द प्रति  माफी माग्नु भएको छ । उहाँले आफूले  ठट्यौली उखानको शैलीमा प्रयोग गरेको शब्द प्रति दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी माग्नुभएको हो । 

'मिति २०७९।८।२८ मा मेरो फेसबुक पेजमा मैले पोस्ट गरेको स्ट्याटसमा गाउँले ठट्यौली उखानको शैलीमा 'चमारे' शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ । त्यसका लागि क्षमाप्रार्थी छु ।’– आइतबार विज्ञप्ति जारी गरेर क्षमायाचन गर्नु भयो । 

यस अघि आफैले गरेको पत्रकार सम्मेलनमा समेत उक्त विषयलाई लिएर माफी नमाग्ने अड्डी कस्दैं सामाजिक सञ्जालमा राष्टि्य दलित आयोगलाई 'झ्यास झुस' आयोग’ भनेर सवैधानिक आयोगलाई अपमान गर्नु भएको थियो । मेयरको अभिव्यक्ति सञ्चाउन आयोगले अनुरोध गर्दा उल्टै आयोगलाई  नै चुनौतीदिनु भएको थियो । दलित संघ संगठन, दलित आयोग, राजनीतिक दलहरु,र गृह मन्त्रालयसमेतको चौतर्फी दवाव आए पछि मेरय राई झुक्नु भएको छ । 

स्ट्याटसका कारण  सामाजिक सञ्जालमा चौतर्फी आलोचित बन्नु भएको थियो ।   राष्ट्रिय दलित आयोगले  उक्त शब्दलाई लिएर  कानुनी कारबाहीको गृहमन्त्रालयललाई सिफारिस गरेको थियो ।

harke