धरान /  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई दलित समुदाय अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न राष्ट्रिय दलित आयोगले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आयोगले आवश्यक कानुनी कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको पत्रमा ‘धरान उपमहानगरपालिकाका प्रमुख हकराज राई(साम्पाङ )ले मङ्सिर २७ गते मङ्गलवार आफ्नो फेसबुक वालबाट तराईको दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्ति प्रति आयोगले चासो देखाए आत्मआलोचना गर्न मेयरलाई आग्रह गरेको थियो । तर मेयर राईले बेवास्ता गर्नुका साथै उल्टै अर्ति उपदेश दिएकोमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

‘सार्वभौम जनताको प्रतिनिधिप्रति सम्मान स्वरूप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न प्रेस विज्ञप्ति मार्फत मिति २०७९/ ८/२९ मा गरेको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ति उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरि प्रचलित कानुन भन्दा माथि रहेको जस्तो गरि अभिव्यक्रि पुन सार्वजनिक गरेको हुदा निजलाई कानुन बमोजिक कारवाही गर्न सिफारिस गरिएको ब्यहोरा अनुरोध छ ।’–आयोगका अध्यक्ष देवराज विश्वकर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । 

यसअघि आयोगले मेयर साम्पाङ राईलाई अभिव्यक्ति सच्याएर आत्मालोचना गर्न विज्ञप्ति मार्फत अनुरोध गरेको थियो । 

मेयर साम्पाङ उल्टै आयोगलाई सामाजिक सञ्जालबाटै धम्बकीपूर्ण भाषहरुप्रयोग गरेर समास्यालाई झन चर्काउने काम गर्नु भएको छ । आयोगको पत्र सार्वजनिक भए पछि मेयले लेख्नु भएको छ–‘कुनै झ्यास झुस आयोग सायोगले मलाई जिताएको होइन । सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगरप्रमुख हुँ । उसको कारवाहीको माग त उस्स्स ।’

उपमहानगरको कार्यपालिका बैठक तीन महिनादेखि बस्न सकेको छैन् । उपमहानगरको हरेक निर्णय र काम कायृपालिकाबाट हुने गरेको छ । तर मेयरका कारण कार्यपालिका बैठक नै बसन नसके पछि नगरका नितगित काम लथालिङ छन् । 

असोज १३ गतेको बैठकमा कार्यपालिका सदस्य अनुप देवानले आफ्नो धारणा राख्ने क्रममा मेयर नबोलन निर्देदन दिदैं बाहिर निस्कन धम्की नै दिए पछि कार्यपालिका सदस्यहरुले मेयर साम्पागले आत्मआलोचना गर्न माग गदैं आउनु भएको थियो । 

उपमहानगरपालिका कार्यपालिका बैठकमा  भाएको  नगरप्रमुख र कार्यपालिका सदस्यहरू बिचको टसल यति बेला उतकर्षमा पुगेको छ ।  बिहीबार कार्यपालिका बैठक बस्न  नसकेपछि केही बेरमा पत्रकार सम्मेलन गरेर मेय स्वच्छचारी, अहंकारी भएको भन्दैं आपति जनाएका थिए । आफना कायृपालिका सदस्यहरुलाई सहमतिमा ल्याए उपमहानगर चलाउन चाडेर उल्टै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई काउन्टर दिन शुक्रवार मेयर्र  साम्पाङले पत्रकार सम्मेलन गरि कार्यपालिका सदस्यहरुको राजिनामा माग गर्नु भएको छ । कार्यपालिका बैठक बस्न नसक्नुको कारण एक अर्कालाई दोषारोपण गरेर धरान उपमहानगरलाई बन्दी बनाउने काम भएको छ । 

स्थानीय तहको निर्वाचन पश्चात पहिलो कार्यपालिका बैठकबाट नै  विवाद सुरु भएको  धरान उपमहानगर पालिकाको कार्यपालिका बैठक  त्यस यता केही बैठक सामान्य रूपमा सञ्चालन भए पनि धेरै बैठकहरू नियमित हुन नसकेको एक कार्यपािलका सदस्यलेबताउनु भयो । ‘मेयर बैठकमा जंगबहादुर भएर प्रस्तुत हुन खोज्नु हुन्छ । मै मात्र राम्रो अरु सबै खराव भन्ने प्रवृति उहाँमा छ । त्यही भएर उपमहानगरको काम चुस्त प्रभावकारी हुन सकेको छैन् ।’–ती कार्यपालिका सदस्यले भन्नु भयो ।

कार्यपालिका सदस्यहरु र मेयर विच दोहोरी चलिरहदा उपमेयर आइन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम रिजाल भने रमिते बन्नुभएको छ । उहाँहरुले दुवैलाई मिलाएर लान कुनै पहल कदमी गर्नु भएको छैन्  

कार्यपालिका सदस्यहरुले कार्यपालिका सदस्य देवानलाई बोल्न रोक लगाउँदै बाहिर निस्केर जान भनेर अपमान गरेको भन्दै नगर प्रमुखले आत्मा आलोचना गरेर बैठक सुचारु गर्न मान गनुृ भएको थियो । उनीहरूले नगर प्रमुख विधि र पद्धति बिनै स्वेच्छाचारी भएको आरोप पनि लगाएका थिए । 

शुक्रवार मेयर साम्पाङले पत्रकार सम्मेलन गरेका हुन् । उहाँनले  कार्यपालिका सदस्यहरू भने जसरी गल्ती नभएको भन्दै कुनै पनि हालतमा माफी  नमाग्ने जिकिर गनुृ भएको छ ।  पत्रकार सम्मेलनमा साम्पाङले  कार्यपालिका सदस्यहरूले बैठकमा उपस्थित हुनुपर्ने जिम्मेवारी पुरा नगरेको भन्दै राजीनामा दिन निर्देशन दिनु भएको थियो । उहाँले पत्रकार सम्मेलनमा भन्नु भयो –‘सार्वभौम धराने जनताबाट चुनिएर आएको हो, धराने जनताले के भन्छ भन्ने कुराले फरक पर्छ  कुन पार्टीबाट  आएका वडाध्यक्षहरूले के भन्छन भन्ने कुराले फरक पार्दैन ।’

पछिल्लो समय विवादित बनेको सामाजिक सञ्जालको एक स्ट्याटसमा प्रयोग गरेको  ‘चमारे’ शब्द जात नभएको भन्दै, नगर प्रमुख साम्पाङले आफू गाउँमा हुर्केकाले झर्रा शब्दहरू प्रयोग गरेर स्ट्याटस लेखिरहने बताउनु भएको थियो ।