चतरा / बराह नगरपालिकामा रहेको बन सेक्टर कार्यालयबाट त्यहाँ बरामद गरेर ल्याएको काठ गायम भएको छ । मंगलबार साझको ७ः३० बजेको समयमा ४ फुट लम्बाई र ५ फिट गोलाई , ७ फुट लम्बाई र ४ फुट गोलाइ परिणामका २ वटा काठ बन सेक्टरबाट ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा गेट बाहिर ६ नं वडा अध्यक्ष उद्धम पोखरेलले फेला पारी पुन कार्यालयमा बुझाइएको थिए । तर काठ बिहान स्थानियबासी र जनप्रतिनि त्यस ठाँउमा पुग्दा त्यस ठाउँबाट नै काठ सहित ट्याक्टर गायब भएको स्थानीयले बताएका छन् ।
राती राती काठमा कार्यलयबाट बाहिर गएको देखे पछि वडा अध्यक्षले ट्रयाक्टर चालकलाई सोध्दा माटो कार्यलयलाई लिएर काठ लगिएको जवाफ दिएका थिए । केही समय भनाभनसमेत भएको थियो । ट्याक्टर मालिक त्यहा आइपुगेर काठ पुन बन सेक्टर कार्यालयमा बुझाइएको थियो । बन कार्यलयमा सबै ड्युटि गएकाले भान्से इन्द्र खतिवडा मात्र भएकाले उनको जिम्मामा ट्याक्टरसहित काठ बुझाएर आफु फर्किएको पोखरेल बताउछन् ।
साँझ छाडेको काठ विहान पुगेर हेर्दा गायप भएको वडा अध्यक्ष पोखरेलले बताए । भान्से इन्द्र खतिवडाले त्यो काठ आफुले दिएको स्वीकारेका छन् । ट्याक्टरमा ३ जना ब्यक्ति आएर ट्याक्टरबाट काठ थन्काएर गएको भान्से खतिवडाले बताएका छन् ।
सबै जना ड्युटिमा भएको र आफुपनि जिल्ला गएकाले बन सेक्टर कार्यालयको सबै जिम्मा भान्सेलाई दिएको बन अधिकृत महेश शाहले बताएका छन् । गिटी ल्याइ दिएकाले आफुले गिटीको सट्टा काठ नभएर दाउरा दिएको साहको भनाई छ । बन कार्यालय भित्रको काठ बारे आफुलाई जानकारी नभएको साहको भनाई छ । स्थानिय र वडा अध्यक्षको नेतृत्वमा उक्त काठबारे खोजतलासी गरी दोषी पत्ता लगाई कारवाही गर्न निवेदन दिएका छन् ।