धरान / ब्लिङक इभेन्ट म्यानेजमेन्टले गरेको दास्रो यलम्बर साँझबाट संकलित रकम एचआइभी संक्रमित तथा प्रभावित बालबालिका र क्यान्सर पडिति बालिकालाई हस्तान्रण गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरिे एचआइँभी सक्रमित तथा प्रभावित बालबालिकाका लागी धरान पोजेटिभ समुहका अध्यक्ष खगेन्द्र खड्कालाई ७० हजार नगद सहित १० हजारकाे चेक आयोजकले हस्तान्तरण गरेको छ । हातेमाले शिक्षा अक्षयकोषलाई प्रदान गरेको उक्त रकम संक्रमित बालबालिकाको शिक्षामा खर्च गरिने अध्यक्ष खड्काले बताए ।
यसैबिच क्यान्सर पिडति १२ वर्षे वेलबारी ३ खोरिया बस्ति निवासी सृजना लिम्बुलाई आयोजकले नगद रु २५ हजार नगद सहयोग गरेको छ । अनुमानित खर्च भन्दा कम रकम संकलन भएकोले ब्लिङक इभेन्ट म्यानेजमेन्टको आफ्नै संस्थामा रहेको रकमबाट सहयोग गरेको अध्यक्ष अमित दुमि राईले बताए ।
गत बर्ष सम्पन्न साँझको रकम मध्ये ५५ हजार ५ सय ५५ रुपैया ब्लड क्याक्सर पीडित नइशा शाक्यलाई सहयोग गरेको राईले बताए ।