धरान / प्रेस चौतरी नेपाल सुनसरीले दुई ओटा पत्रकारीता पुरस्कार स्थापना गरेको छ । सुनसरीका अग्रज पत्रकार डम्बर बहादुर थापाको स्मृतीमा डम्बर बहादुर थापा स्मृति प्रेस चौतारी पत्रकारीता पुरस्कार र प्रेस चौतारी पर्यटन पत्रकारीता पुरस्कार स्थापना गरेको हो । प्रेस चौतारी नेपाल सुनसरीको माघ १६ गते बसेको बैठकले अग्रज पत्रकार थापाका नाममा हरेक वर्ष १० हजार एकसय रुपैयाको पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्कार प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणी सुवेदीले थापाका नाममा स्थापना गरिदिएका हुन । सुवेदी सुनसरीका स्थायीवासी हुन । उनी लामाे समयदेखि काठमाण्डाैमा बसेर पत्रकारिता गर्दै अाएका छन् । सुनसरी सरोकार पत्रकार समाज, काठमाडौंका  अध्यक्ष पनि हुन ।

पर्यटन पत्रकारिता पुरस्कारका लागि अक्षयकाेष स्थापना
त्यस्तै प्रेस चौतारी नेपाल सुनसरीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य देवेन्द्र कार्कीले पर्यटन पत्रकारीता पुरस्कारका लागि ५० हजार रुपैयाको अक्षय कोष स्थापना गर्ने भएका छन् । कार्कीले प्रकाशन गर्न लागेको पूर्वको पर्यटकीय क्षेत्रबारे जानकारीमुलक पुस्तक विक्रिबाट ५० हजारको अक्षय कोष स्थापना गर्ने भएका हुन । उनको पुस्तक प्रकाशनको अन्तिम तयारीमा रहेको छ । दुवै पुरस्कार प्रेस चौतारी सुनसरीले विशेष कार्यक्रम गरेर वितरण गर्ने छ । बैठकले प्रेस चौतारीको  माघ २२ गते १९ औं स्थापना दिवस इटहरी र धरानमा विविध कार्यक्रम गरेर मनाउने निर्णयसमेत गरेको छ ।

जिम्मेवारी हेरफेर
बैठकले प्रेस चौतारी नेपाल सुनसरीका पदाधिकारीको जिम्मेवारी समेत हेरफेर गरेको छ । 
बैठकले अध्यक्षको जिम्मेवारी शेखर ढकाललाई दिएको छ । ढकाल यसअघि सचिव थिए । यस्तै उपाध्यक्षको जिम्मेवारी शुभद्रा प्याकुरेल, सचिवको जिम्मेवारी विकास चाम्लिङ राई, सह सचिवको जिम्मेवारी दिनेश गजमेर, कोषध्यक्षको जिम्मेवारी धिरेन लिम्बुलाई दिने निर्णय गरेको छ । यसअघि प्याकुरेल कोषाध्यक्ष, राई सह सचिव, गजमेर र लिम्बु सदस्य थिए ।
प्रेस चौतारी सुनसरीका अध्यक्ष देवेन्द्र कार्की केन्द्रिय सदस्यमा मनोनित भएपछि कार्यसमितिका पादाधिकारीको जिम्मेवारी हेरफेर गरिएको अध्यक्ष ढकालले जानकारी दिए । बैठकमा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।