धरान  /धरान उप महानगरपालिकाले नेपालकै उत्कृष्ठ सडकहरू बनाउने अभियान अन्तर्गत अहिले फुलबारीसहितका सडकहरू बनाउन थालेकाे छ । धरानका मेयर तारा सुब्बाका अनुसार अबको पाँच वर्षपछि धरानका सडकहरूमा फुलबारीहरू हुनेछन्,अपाङगहरुले बिना अवरोध सडकमा हिँड्नेछन् भने,अभिभावकहरुले आफ्ना बच्चाहरू लिएर निसंकोच हिँड्नेछन् । स्थानिय तहको निर्वाचनपछि धरान उप महानगरपालिकाले सडक निर्माणको नयाँ नीति लिएको हो ।

‘अब धरानमा बन्ने सडकहरू नमुना बन्नेछन् धरान उप महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सीनाले भने - पहिलो चरणमा धरान १६ स्थित विद्युत् प्राधिकरण मार्गमा नमुना सडक बनाएको छ, दोस्रो चरणमा धरान १६ स्थित जनपथ र रेडक्रसबाट विजयपुर जाने बाटोलाई नमुना सडकको रूपमा निर्माण गर्न ठेक्कादिई सकेको छ ।आइतबार मात्र धरान १६ स्थित जनपथको ९ सय ८० मिटर लामो सडक को निर्माण कार्य सुरु भएको छ ।

धरानका मेयर तारा सुब्बाले आइतबार बिहान सडकको शिलन्यास गरेपछि सडक निर्माणको कार्य सुरु भएको हो । दुवैतिर ड्रेन र फुलबारी सहितको सडकको चौडाई ५० फिट रहने धरान उप महानगरपालिकाका बरिष्ट इन्जिनियर सुरज श्रेष्ठले बताए ।

४ फिट ३ इन्चको ड्रेन दुवैतर्फ रहने छ इन्जिनियर श्रेष्ठले भने‘ असार मसान्तसम्ममा सडक निर्माण सम्पन्नगर्ने गरी ठेक्का सम्झौता भएको छ । १ करोड ३९ लाख २७ हजार १ सय ६७ रुपैयाँ मा उक्त सडक बन्ने छ इन्जिनियर श्रेष्ठले भने ।‘अब धरानका सडकलाई हामीले फुलबारीसहितको अपाङग मैत्री बनाउने अभियान सुरु गरेका छौ सोही अनुसारको सम्झौताहरू भएका छन् ’मेयर सुब्बाले भने‘ अब बन्ने सबै सडकहरूमा फुलबारीहरू बन्ने छन् भने छेउमा साइकल कुद्ने र अपाङ हिँड्ने छुट्टै सडक बन्नेछन् ।

मेयर सुब्बा अब धरानका सडकहरूमा अन्य ठाउँको भन्दा अर्कषक हुने बताउँछन् । धरान १६ का वडाध्यक्ष दिलकुमार गिरिले धरानका सडकहरू नेपालकै नमुना बनाउने आफुहरुको उदेश्यभएको बताउँछन् । जनपथको सडकले धरानको परिचय मा अर्को पहिचान थप्ने उनको तर्क छ ।सडक निर्माणको जिम्मा पाएको शाह निर्माण सेवा कम्पनी का प्रतिनिधि जयप्रकाश शाहले आफ्नो जिम्मामा रहेको सडकलाई उत्कृष्ठ कार्यगरि निर्माण सम्पन्नगर्ने बताए ।