०६३ को शान्ति प्रक्रिया पछि माघ १३ र १४ मा नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज बीच एकता गरी हाम्रो मोर्चाको नाम नेपाल दलित मुक्ति मोर्चा -एकीकृत) रहन पुग्यो । जसबाट एउटा नयाा उर्जा पैदा भयो । हिजो एक समयका सहयोद्धाहरुको केन्दि्रकरण त्यहाा भयो । ०६३ चैत्र मा राष्ट्रिय भेला भई अगाडि बढ्यो । पछि ०६५ फागुनमा नेपाल राष्ट्रिय दलित मुक्ति संगठनसाग एकता भयो । आजसम्म यसले आफ्ना गतिबिधिहरुलाई सबैभन्दा बढी सक्रियताको साथ अगाडि बढाइरहेको छ ।
यस महान दलित मुक्तिको यात्रामा थुप्रै योद्धाहरुको बलिदान भएको छ । जनयुद्धको प्रथम शहीद दिलवहादुर रम्तेल, मोर्चाका महासचिव प्रेम बराइली, केसस शंकर दर्लामी, बलबहादुर वि.क लगायतका शहीदहरुको रगतले दलित आन्दोलन सिञ्चिएको छ । दलित आन्दोलनका अथक योद्धा थमन परियारको पनि उत्तिकै महत्वपूर्ण योगदान छ ।
हालसम्म्ा आइपुग्दा नेपाली दलित आन्दोलनहरुको हस्तीहरुको केन्दि्रकरण नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चामा संकेन्दि्रत भएको छ । खड्क बहादुर बि.क., बिश्व भक्त दुलाल, तिलक परियार, पदमलाल बि.क., रणेन्द्र बराइली, मिठाइदेवी बि.क. लगायतका बिगत कालदेखि नै दलित आन्दोलनमा अहोरात्र खटेका व्यक्तित्वहरु हुन् । यी सबैको केन्द्रिकरण नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा भएको छ । यो नै दलित आन्दोलनको पछिल्लो धरोहरको रुपमा स्थापित भएको छ ।