धरान/अल्प प्रचलनमा रहेका मौलिक खाद्य पदार्थहरुको प्रवद्र्धन तथा खानेबानी गराउने उद्देश्यले शुक्रबारबाट धरानमा तीन दिने खाद्य मेला शुरु भएको छ । धरानको पब्लिक माविमा शुरु भएको मेलामा ६० वटा परम्परागत तथा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुका स्टल छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय कार्यालय विरानटको आयोजनामा मेला लागेको हो । कृषि विकास मन्त्रालयका सचिब डाक्टर सुरोज पोखरेलले उद्घाटन गरे ।

मेलामा अल्प प्रचलनमा रहेको जातीय तथा मौलीक खाना, स्थानीय स्तरमा उत्पादीत कृषिजन्य बस्तुहरु राखिएका छन् । गुन्द्रुक, फाफर तथा कोदोको पिठो, दाल, भटमासलगायतको खाद्यान्न उपलब्ध गराइएको छ । परम्परागत, स्थानीय, अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रबद्धन गदै खानेबानीमा सुधार ल्याउने उद्देश्यले मेला लगाइएको क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले बताए ।

होम स्टे, होटल, खाद्य व्यावसायि खाद्य उधम्का लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसंग सम्बन्धित स्कुल तथा कलेजहरुको स्टल छन् । मेलामा छिमेकी जिल्लासँगै जुम्ला सम्मका खाद्य बस्तुहरु राखिएका छन् ।

परम्परागत तथा स्थानीय पोसिला खाद्य बस्तुहरु लोप हुदै गइरहेको विभागका महानिर्देशक संजिबकुमार कर्णले बताए । त्यस्ता खाद्यान्नको पहिचान गराउन र कृषकहरुलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने महादिर्नेशक कर्णले बताए । यसै अवसरमा उत्कृष्ट चार स्टललाई पुरस्कृतसमेत गरिएको छ ।