धरान कतिपय नव निर्वाचित सांसदहरु काठमाण्डौमा जितेको घोषणासँगै निर्वाचन क्षेत्र नफर्कि बसेका छन् । मन्त्रि बन्नका लागि बालकोट र ठूला नेताहरुको घर धाउनेहरुको पनि काठमाण्डौमा घुईचो छ । तर सुनसरी क्षेत्र न–१ का सांसद जयकुमार राई भने आफ्नो क्षेत्रमै जनतासँग अन्र्तक्रिया गर्दे फर्सदिलो समय विताईरहेका छन् ।
उनी आफ्नो क्षेत्रमा जनताले गरेका कार्यक्रममा दिनहु सहभागी हुन्छन् । साथमा प्रदेशसभा सदस्य प्रदिप भण्डारी पनि सागै छन् ।
राईले संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाई हराएका हुन् । आफ्नै पार्टीका तत्कालिन उपाध्यक्षलाई २२ हजार भन्दा बढि मतका साथ पराजित गरेपछि उनी चर्चामा छन् । तर, सांसदमा निर्वाचित भएपछि उनी काठमाडौं एक पटक पनि आएका छैनन् । धरानकै स्थायवासी राई सपथ ग्रहण टुंगो लागेपछि मात्रै राजधानी जाने बताउछन् ।

उनी दैनिक जसो जनताको घरदैलामा घुमिरहेका छन् । जनताबाट उनलाई सम्मान गर्ने र खवरदारी गर्ने काम पनि जारी छ । सपथअघिसम्म बिकासका योजना निर्माण गर्ने अनि सरकार बने लगत्तै त्यसलाई कार्यान्वयन गराउन जुट्ने उनी बताउछन् । अहिलेको यो खाली समयलाई जनतासँग बसेर बिकासका गुरु योजना निर्माण गर्नमा लगाइरहेका छन्, । उनले भने, –‘नेपाको घर दैलो भन्दा पनि जनताको घर दैलो मेरो प्राथामिकताको विषय हो । त्यही भएर आफ्नो निर्वाचन क्षेत्रमा छु ।’‘
यता प्रदिप भण्डारी पनि प्रदेश सभा संचालनमा ढिलाई हुदा जनतासँग भलाकुसारी गर्ने मौका पाएको बताउछन् । ‘जनताको समस्या अहिले टिर्पोट गरेका छौ । पछि प्रदेश सदनमा उनीहरुको समस्याबारे छलफल गर्ने छौ ।’–भण्डारीले भने ।
यस्तै सुनसरी क्षेत्र नं. १ खका प्रदेश सभा सदस्य भीम आचार्य प्रदेश १ का मुख्य मन्त्रिका दावेदार पनि हुन । नेकपा एमालेका सचिवसमेत रहेका आचार्य काठमाण्डौमा हुने पार्टीको बैठक, छलफल तथा आफ्नो क्षेत्रमा भएका जनताका कार्यक्रमसमेत भ्याइरहेका छन् । उनी हप्तामा दुई दिन निर्वाचन क्षेत्रका कार्यक्रममा व्यक्त हुन्छन् वाकी समय पार्टीको बैठकलाई दिई रहेका छन् ।