धरान / ७८ लाख रुपैयाँमा नयाँ गाडी किन्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना खेप्दै आएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा उपमहानगरपालिकाको आफ्ने गाडी नहुदा खानेपानी परियोजनाको गाडी चढ्दै आएका छन् । गाडी अभावकै कारण धरानमा सञ्चालित एसियाली विकास बैंकको खानेपानी परियोजनाको गाडी उपमहानगरपालिकाले प्रयोग गर्दै आएको हो । धरानको नगर परिषदबाट स्वीकृत कार्यक्रम अन्तर्गत नयाँ गाडी किन्ने प्रस्ताव अघि बढाएर प्रक्रिया पुरा गरि गाडी नयाँ ल्याउन लागेको मेयर सुब्बाले बताएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले गाडी अभावमा विराटनगरबाट धरान आउँदा सार्वजनिक गाडी चढ्ने गरेको उपमहानगरपालिकाले जनाएको छ । पर्याप्त सवारी साधन नभएका कारण धरान उपमहानगरपालिकालाई काममा समस्या भएको उपमेयर मञ्जु भण्डारील ेबताईन । उपमेयर भण्डारी नगरपालिकाको राईनो गाडी चढ्दै आएकिछन् । तर उक्त गाडीसमेत पुरानो भएका कारण मर्मतमा उपमहानगरको ठूलो खर्च हुदै आएको छ । प्रशासकिय अधिकृत , मेयर र उपमेयरकै लागि तत्काललाई तीन वटा गाडी आवश्यक परेको उपमहानगरले जनाएको छ । तत्काललाई एउटा गाडी खरिदका लागि प्रक्रिया शुरु गरिएको मेयर शुब्वाले जनाए ।