काठमाडौँ / युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिरहा, महोत्तरी र सप्तरीमा न्यानो कपडा, लत्ताकपडा, कम्बललगायत सामग्री आज पठाएको छ ।
प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई केही सहयोग गर्ने उद्देश्यले संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज सिराहा गएको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । संघअन्तर्गत विपद् न्यूनीकरण विभागले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी राहत वितरणमा सहयोग उपलब्ध गराउनेछ ।
संघका अध्यक्ष पहारीले प्रभावित क्षेत्रका पीडितलाई न्यानो कपडा वितरणका लागि विभिन्न राहत सामग्री संकलन गरिएको जानकारी दिँदै शीतलहरबाट प्रभावित तराईवासीलाई न्यूनतम मानवीय आवश्यकता उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । आगामी दिनमा सर्लाहीलगायत प्रभावित क्षेत्रमा पनि सहयोग जुटाइने जनाइएको छ ।

पहाडको माया तराईमा र तराईको माया पहाडमा दुःख सुख समग्र देशको साथ हुनुपर्ने उपाध्यक्ष तथा सांसद चन्द्र लामाले बताएका छन् । उनले एमाले विरोधी भनि गरिएको भ्रामक हल्लामात्र गरेको तर त्यो सत्य र असत्य बुझ्ने जिम्मा तराईका जनताको नै रहेको समेत बताएका छन् । उनले भने तराईको मागको सम्बोधन गराउनको निम्ती आफु हक हितको पक्षमा सदनमा समेत आवाज उठाउने बताएका छन् ।
कार्यक्रममा संघका सचिवालय सदस्य  रमेश आचार्य, संघको स्वास्थ्य विभागका सचिव सन्तोष सिलवाल सहित विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरको उपस्थिती रहेको थियो ।