मोरङ/केराबारी गाउँपालिका–३ मा पहिलो पटक सार्वजनिक यातायातको साधन बस पुगेको छ । मोरङलाई सुगम जिल्ला ठानिदै आएपनि भोगोटनीमा पहिलो पटक गाडी पुग्दा स्थानिय समुखा खुशीले नाचेका थिए ।
पहिलो पटक खोर्साने केराबारी वसका संञ्चालक कमल मगरले हिम्मत गरे । ४० जना भन्दा वढी यात्रु लिएर उनले पहिलो पटक भोगटेनीमा वस पुरयाइ छाडे । मोटरवाटोको ट्रयाक खोलिएको झण्डै वीस वर्षपछि मोरङको दुर्गम पहाडी क्षेत्र भोगटेनीमा सोमवार पहिलो पटक ४ ओटा बस पुगेको हो । २०५४/०५५ सालमा खोकेभोसी मोटरवाटो निर्माण समिति गठन गरी निर्माण सुरु गरिएको उक्त मोटरवाटोको स्तरोन्नति संगै निर्माणले तिब्रता पाएपछि वस पुगेको हो । कल्पना समेत नगरेका गाउलेहरुले आफनो गाँउमा यात्रुवाहक वस आएपछि खुशीले गदगद भए । पहिलो पटक वस भोगटेनी पुगेको थाहा पाएपछि अन्य ३ ओटा वसका चालकहरुले पनि मगर संघको कार्यक्रममा सहभागिहरुलाई लिएर भोगटेनी पुगेका थिए ।आफनो गाउँमा वस आइपुगेपछि खुशी भएका भोगटेनी वासीले वसका चालकहरुलाई कार्यक्रममा स्वागत समेत गरेका थिए ।
यसैविच भोगोटनीका मगरहरुले माघे संक्रन्ति पर्व भब्य रुपमा मनाएका छन् । नेपाल मगर संघ केराबारी गाउँ कमिटीको आयोजनामा केराबारी ३ को भोगटेनीमा भएको तेश्रो माघि महोत्सव कार्यक्रममा मगरहरुको हुर्रा नाँच प्रतियोगिताका साथै गुन्द्रुकको अचार,सिस्नोको साग, रोटी,तीलको अचार, मासु लगायतको परिकार समेत खुवाइएको थियो । कार्यक्रममा केराबारी गाउँपालिकाको विभिन्न वडावाट भेला भएका सयौं मगर तथा गैर मगरहरुको उल्लासपुर्ण सहभागिता रहेको थियो । कार्यक्रममा गैर मगरहरुले हुर्रा नाचेर मनोरंञ्जन लिएका थिए । पछिलो समय केराबारी भोगटेनी मोटरबाटो निर्माणले गति लिएसंगै बाटो सहज बनेपछि साना तथा ठूला यात्रुवाहक बसमा चढेर कार्यक्रम हेर्न दर्शकहरु भोगटेनी पुगेका थिए ।