माेरङ/ अभियानमा पहिलो चरणको तपाई हाम्रो प्रयास सफल भएको छ । चिसोले तराइका धेरै मानिसहरुको ज्यान गएको अवस्थामा तराई, पहाड, हिमालका सवै नेपालीहरुको सहयोगमा यस मानव कल्याण कार्यले मूर्त रुप लिएको हो ।

माघ २ गते सुन्दरहरैचा नगरपालिका ३ स्थित रेडक्रस लोचनी आदिवासी झागड बस्तिका ३० घरपरिवारलाई स्थानीय वडा अध्यक्ष जीवलप्रसाद ढुङ्गानासहित जनप्रतिनिधिद्धारा सिरक वितरण गरिएको छ । दैनिक मजदुरीमा निर्भर यस झागड समुदायमा ३० घरका १३० जनसंख्याको बसोबास रहेको छ । 

सुन्दरहरैचाबाट लक्ष्मी राई र काठमाण्डौबाट कविता राईले व्यक्रिगत रुपमा नजिकका साथीहरु र दाजू दिदिहरुसँग सहयोग संकलन गरि सुन्दरहरैचाका न्युन आय भएका मानिसहरुलाई न्यानो कपडा बाढ्नको लागि यो अभियान शुरु गरिएको थियो ।

मंगलबार  १९ जना सहयोगीहरुबाट ३० हजार ४ सय ६०रुपैया रकम सहयोगबाट ३० परिवारलाई न्यानाे वितरण गररेकाे लक्ष्मी राईले जानकारी दिइन ।  अझै पनि यस कार्यका लागि रकम सहयोग संकलन भईरहेको छ । बाकी रकम तथा प्राप्त सहयोग मार्फत अब अर्को गरिब समुदायमा दोश्रो चरणको न्यानो कपडा बाढ्ने उनले बताईन । उनीहरुले WE for Winter आउनुहोस्, सवै मिति न्यानो बाढौ ः २०७४” अभियान चलाएका छन् ।