संखुवासभामा /  संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो । यो दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र हेदाङ्नाका एमाले नेता सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए । प्रनाउ खड्काका अनुसार यो दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । यो जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ। उनीहरु मक‌ंर नुहाउन मेला जादै गरेका थिए ।