• खगेन्द्र कार्की 
फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ का लागि २५ करोड ३२ लाख ९२ हजार ३ सय ५६ रुपैया बराबरको बजेट पारित गरेको छ।
गत शुक्रबार सम्पन्न प्रथम नगर सभाबाट बजेट तथा कार्यक्रम पारित गरेको हो।
नगरसभाले कृषि,शिक्षा,स्वास्थ्य,उद्धम,पर्यटन र पूर्बाधारलाई प्राथमिकता राखेको छ । भौगोलिक हिसाबले जिल्लाको नमुना नगर बन्ने प्रचुर सम्भावना बोकेको नगरपालिकाले कृषि बिबिधिकरण र ब्याबसायिकरण गरि उत्पदनमा आत्मनिर्भरताको दिशामा अघि बढन बजेट बिनियोजन गरिएको छ।
आर्थिक ,सामाजिक ,बाताबरण ,सेबा प्रबाह र सुशासन खेलकुद,पूर्बधार निर्माण पर्यटन प्रबर्द्धन बाताबरण संरक्षण सामाजिक सुरक्षा लगायत क्षेत्रलाई प्राथमिकतामा राखी योजना र कार्यक्रम बनाइ बजेट बिनियोजन गरिएको  नगर प्रमुख उत्तमकुमार गौतमले जानकारी दिए
शिक्षा स्वास्थ्य ,सडक ,लघु ,घरेलुतथा साना उधोग र रोजगार प्रबर्द्धन लाई प्राथमिकता दिइने नगरप्रमुख गौतमले नगर क्षेत्रमा रहेका प्रत्येक एउटा  सामुदायिक बिधालयलाई नमुना बिधालय बनाउने नीति रहेको बतए । उनले भने -'त्यसका लागि सबै राजनीतिक दल,नागरिक समाज ,पत्रकार ,बुद्धीजिबि शिक्षाबिद सामाजिक संघ सस्था समाजिक कार्यकर्ताहरुसंग सहकार्य गरेर अघि बढने बढने छाै ।'सामुदायिक बिधालयलाई बाताबरण ,प्रबिधि र बाल मैत्री ,बाल उधानसहित नमूना बनाइने  उनले बताए  सामुदायिक शिक्षालाई बिकासकाे मेरुदण्ड मानेर काम गरिने र स्वास्थ्य सेबाबाट कोहि बन्चित नहुन भनेर सुबिधा सम्पन्न अस्पताल स्थापना गरि सेबा प्रबाह गर्ने नगर गुरु योजना बनाउने बताए ।
नगर प्रमुख उत्तमकुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले का केन्द्रिय सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खुल्ला दिशा मुक्त र पुर्ण खोप नगरपालिका समेत घोषणा गरिएको छ । तस्विर: शिव अाचार्य