धरान /  सरकारले देश भरका ६५ वटा क्षेत्रलाई उद्यमशिलता क्षेत्र बनाउने घोषण गरेको छ । त्यही मध्य सप्तकोशी पनि एक पर्दछ । हामी यति बेला सर्वेका क्रममा छौ । लघु उद्योग चलाउने । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगसञ्चालन गर्ने, शिक्षितलाई बेरोजगार नबनाउने गरि हामी योजना बनाउदैछौ ।। सबैलाई रोगगार दिने  बाँसबाट बन्ने सामाग्री बनाउने । पशुपालन, तरकारी खेतीलाई प्राथमिकता दिदैछौ । हामीले तेह्रथुमको ढाका उद्योग भ्रमण गरेर आएका छौं । केही बर्ष अघि यहाँ पनि ढाका बन्ने तालिम संचालन गरेका थियौ । अव त्यसलाई पनि उत्पादन गर्ने सोच छ । सबै नागरिकलाई योग्यता अनुसारको जागिर यही सिर्जना गर्दैछौ । यहाँका युवा आगामी दिन रोजगारीका लागि विदेश जान नपर्ने गरि यही रोजगारी सिर्जना गर्न लागि परेका छौ । चाढै यो नगरपालिका नमुना नगरपालिका बन्ने छ । गाविस हुदा पनि यो नमुना गाविसको रुपमा रहेको थियो । अव जिल्लाको नमुना नगरपालिका हुदैछ ।


पर्यटन विकास
यहाँ कोशी मेला लाग्छ । पुसको पूर्णिमा बार्षिक रुपमा एक दिन लाग्छ । यहाँ सिराहा, सप्तरी, उदयपुर र सुनसरी तथा भारतका बासिन्दाहरुको जमघट, किनमेल हुने गर्छ । आगामी दिनमा यसलाई व्यवस्थित गरेर एक सातासम्म मेला व्यवस्थापन गर्ने नगरपालिकाको सोच छ । यो आद्राहास्थित कोशी किनारमा लाग्छ । एक दिने मेलामा झण्डै करोडको कारोवार हुने गरेको छ । हप्ता दिनसम्म लाग्दा यसले आर्थिक विकासमा छलाङ मार्ने विश्वास लिएका छौ ।
यहाँ धार्मिक पर्यटनको पनि सम्भावना छ । यहाँका मठमन्दिरहरु पौरानिक छन् । भगवती मन्दिर, सखडा बाबाजी मन्दिर, औलाबाबालाई  धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । त्यसका लागि पनि योजना बनाउदैछौ । चन्द्रनहरको मुहान हेडवाँध क्षेत्रमा पिक्निक स्पोट बनाउने योजना छ । यहाँ एउटा सहिद पार्क बनाउने योजना छ । जुटपानीमा मिनी चिडिया खान बनाउने योजना अघि सारेका छौं ।  गोरराजा मेला लाग्छ यहाँ । यसलाई व्यापार  र पर्यटन मेला बनाउछौं । यो नगर कोशी टप्पु बन्य जन्तु आरक्षण मध्यवर्ती क्षेत्र पनि हो । भारदहदेखि सखुवनी क्षेत्रसम्म एउटा ट्रयाक खोलेर बाँध निर्माण गरि यस क्षेत्रमा आरक्षणको जन्तु हेर्न मिल्ने बनाउछौ । यसले स्थानीयलाई बन्यजन्तुको आक्रमणबाट जोगाउन सहयोग पुग्ने छ ।


घोषणापत्र कार्यन्वयन
अव राजनितिक लडाई सकियो । आर्थिक सामाजिक लडाई मुख्य हो । रोजगारी सिर्जना, आय आर्जनका श्रोत खोज्ने मुख्य योजना छ । व्यवासायीक प्रवद्धन, सृर्जनशिल बनाउनेलगायतको तालिम दिने योजना छ । आर्यआर्जनमुलक कार्यक्रम ल्याउन, गरिवी निर्मुल गर्न समान वितरण प्रणाली कार्यन्वय गर्ने जस्ता काम जुन घोषण पत्रमा उल्लेख गरिएको थियो, त्यही अनुसार हामी काम गरिरहेका छौ । घोषणा पत्रमा लेखिएका कुरा पुरा गर्न हामी लागि रहेका छौ ।


कर मात्र होईन सुविधा पनि दिन्छौ
अहिले जनतालाई नगरपालिकाले कर मात्र थोपारेको छ भन्ने लागेको छ । वास्तममा त्यही देखिएको पनि छ । यस अघि कर्मचारीबाट चलेको नगरपालिकामा खासै जनातका उपेक्षा पुरा हुन सकेका थिइनन् । जनप्रतिनिधि भएर आए पछि कर तिर्दाको फाईदा वा कर तिरे अनुसारको सुविधा कसरी प्रदान गर्ने भनेर हामी विज्ञ टोली, व्यक्तिहरुसँग निरन्तर छलफलमा छौं । जनतालाई बढि भन्दा बढि सुविधा दिनका लागि नयाँ योजना बनाउदैछौ । यहाँको बाटो, विजुली, स्वास्थ्यउपचारलगायतका न्यूनमत पूर्वाधार तयार गर्ने काममा लागेका छौ । जनतालाई यसको नतिजा चाढै दिने छौ ।


यो आर्थिक बर्ष पछि जनताले हिलोमा हिड्न पर्दैन
हामीले बर्षायाममा बाटोमा हुने हिलोको समस्या समाधान गर्न लागेका छौ । यही आर्थिक बर्षपछि नगरवासीले हिलोमा हिड्न पदैन् । यहाँका मुख्य भित्रीबाटोहरु ग्रावेल गर्न लागेका छो । अव जनताले करको सदुपयोग भएको महसुस गर्ने छन् । क्रमशः सबै भित्री बाटोहरु ग्राबेल गर्ने छौ ।


नोकरी होईन रोजगारी दिन्छौ
यहाँ अहिले जनताको धेरै नोकरीको अपेक्षा छ । धेरै आफन्त, जनता नोकरी माग्न घरमै आउनु हुन्छ । मैले सबैलाई हुन्छ भनेर पठाएको छु । तर एउटा कुरा नोकरी होईन रोजगारी खोज्नुहोस् नगरपालिकाले तपाईलाई सहयोग गर्छ  भनेको छु । रोजगारी दिन्छ भनेको छु । जोस जाँगर इच्चा आकांक्ष भएका व्यक्तिलाई हामी रोजगारी दिने व्यवस्था मिलाउछौ । यहाँका जनतालाई अरुकोमा नोकरी होईन, आफै उद्योग व्यवसाय संचालन गरेर अरुलाई रोजगारी÷नोकरी दिने व्यवस्था गर्न हामी अभियानमा लागेका छौ । (देबेन्द्र कार्कीसँगको कुराकानीमा आधारित)