धरान / धरानलाई राजधानि बनाउने अभियानको क्रममा धरान हेल्थी होमले शुक्रबार   ६ घण्टा अनसन बसेको छ ।  कार्यलय नै बन्द गरेर धरानलाई राजधानी माग गर्दै धरानको भानुचोकमा अनसन बसेको हो ।
हरेक किसिमले धरान राजधानिका लागि उपयुक्त भए पनि धरानलाई नबनाउन चलखेल भएकाले आफुहरु अनसनमा सहभागी भएको धरान हेल्थी होमका  प्रबन्धक दिपक बनेपालीले जानकारी दिए । धरानलाई राजधानी बनाउनु पर्ने काम गर्दे धरानबासीले १५ दिन अघिदेखि भानुचोकमा  रिले अनसन गर्दे आएका छन् । अनसनमा विभिन्न संघ संस्था, व्यवासायीहरुले एक्याबद्धता जनाउदै आएका छन् । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको नेतृत्वको उक टोली भने दवाव दिन काठमाण्डौमा रहेको राजधानी सरोकार समितिका उपसंयोजक हिमाल लिम्बुले जानकारी दिए ।