• खगेन्द्र कार्की

फत्तेपुर । भनिन्छ सेबा गर्न लाइ धन हैन मन हुनु पर्छ यस्तै उदाहरण बनेकी छ्न सप्तरीको सप्तकोसी नगरपालिका १ नयाँ बजार फत्तेपुर कि अम्बिका बिमली ले आफ्नो घर भाडा मा बस्दै आएका ४ जना भाडावाला लाइघर भाडा मा दुइ महिना को भाडा छुट गरिदिएकी छिन।

विश्वभर महामरीको रुपमा फैलिएको कोरोना भाईरसले ब्यवसाय अस्तब्यस्त बनाएको वेला सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर मा व्यावसाय गरिरहेका व्यावसायी हरु लाइ घरवेटीले घर भाडा छुट गरेकी हुन। शुक्रबार घर धनीले घरभाडा छुटको घोषणा गरेकी हुन ।

घर भाडा छुट दिने मनकारी घरबेटी सप्तकोसी नगरपालिका वडा न १ घर भै हाल वैदेशिक रोजगारी को शिलसिला मा इज्राएल बस्दै आएकी अम्बिका बिमली ले उनको घरमा भाडा मा बसेर ब्याबसाय गर्दै आएका मकन चौधरी लाइ दुइ महिना को ४००० सन्तोष गुप्ता लाइ दुइ महिना को ४००० इन्द्र गुप्ता लाइ दुइ महिना को रु ७००० र बिकि सोनिलाई १ महिना को ५००० गरेर जम्मा र २०००० घर भाडा छुट गरिदिएको घर धनी अम्बिका बिमली ले बताइन। 

 उनले भनिन् सयोग गर्न लाई ठूलो ठूलो महल होईन यो बिपतको घडीमा मन् ठूलो हुन जरुरी छ अरु हुने खाने हरुले पनि यो बिपत मा सबै मिलेर सहयोग गर्नु पर्ने बताइन।कोरोना भाइरस को महामारी को कारण लामो समय सम्म को लकडाउन ले गर्दा ब्यापार ब्याबसाय ठप्प भएर घर भाडा तिर्न समेत समस्या परेको बेला हाम्रो घर बेटि दिदि ले दुइ महिना को घर भाडा छुट गरिदिनु भएको छ घरबेटी दिदि हाम्रो लागी भगवान भएर आउनु भएको छ भन्दै खुशी हुदै इन्द्र गुप्ता ले भने यसरी नै लकडाउन अबधी को सबै घर धनी ले घर भाडा छुट गरिदिए हामी जस्ता साना ब्यापारी लाइ केहि हद सम्म भए पनि राहत हुने बताए ।

यस्तो महामारीको वेला घर भाडा छुट गर्ने घरधनीलाई सप्तकोसी नगरपालिका वडा न १ ले विषेश सम्मान गर्ने वडा अध्यक्ष नारायण प्रसाद आचर्य ले जानकारी दिए ।