फत्तेपुर / लकडाउनको समयावधि बढेसँगै गरिव तथा विपन्न परिवारमा भोकमारी देखा पर्न थालेपछि सप्तरीको सप्तकोसी नगरपालिकाले पहिलो चरण को राहत वितरण आइतबारदेखि सुरु गरेको छ ।

दिनभर मजदुरी गरी विहान वेलुकाको दुई छाकको गर्जो टार्दै आएका ज्याला मजदुरी र विपन्न परिवारको अवस्था नाजुक बन्दै गएपछि नगरपालिका ले बिपन्न मजदुरहरुलाई राहत वितरण सुरु गरेको हो । दैनिक ज्याला गरी खाने मजदुरहरुमा भोकमारीको अवस्था सृजना हुन थालेपछि तत्काल गर्जो टार्न आपतकालिन बिपत ब्याबस्थापन कोष बाट राहत वितरण गरिएको नगर प्रमुख उत्तमकुमार शर्मा ले बताए ।

उनले भने, ‘आफ्ना जनता वचाउनु नगरपालिका को पहिलो कर्तव्य भएकाले, सबै कामहरुलाई थाति राखेर वास्तविक मजदुरको एकिन गरी राहत संकलन र वितरणलाई तिव्रता दिएका हौ । नगरपालिकाले वडानं १ देखी ११ वटै वडा का १९ सय ४ घरपरिवार का ८ हजार १ सय ८५ जनालाई राहतप्याकेज प्रती ब्याक्ती साढे ३ केजि चामल ३ सय ५० ग्राम दाल १ केजी, नुन आधा लिटर तेलका दरले वितरण गरिएको वडा न १का वडा अध्यक्ष नारायण प्रसाद आचर्य ले जानकारी दिए ।आइतबार वडा न १ देखी शुरु गरिएको राहत बितरण अन्य वडाहरु मा सोमबार देखि वितरण शुरु भएको छ।

 वडानं १ मा ३०० घर,मा ९५९ जना वडानं २ मा १६५ घरमा ७२८ जना वडानं ३ मा १०४ घर मा ४६३ वडा न ४ मा १४७ घरमा ६५५ जना वडानं ५ मा १०३घर मा ४११ जना वडानं ६ मा १४६ घर मा६४० जना ७ नम्बरमा १११ घर मा ४७३ जना वडानं ८ मा २२७ घर मा १०१३ जना वडा न ९ मा २५३ घर मा ११५० जना वडा न १० मा १६९ घर मा ७५५ जना र वडा न ११ मा १७९ घर मा ९३८ जना गरी १९ सय ४ घरधुरी का ८ हजार १ सय ८५ जना अतिविपन्न र ज्यालामजदुरी गरी गुजारा चलाउँदै आएका हरु लाइ पहिलो चरण को राहत बितरण गर्न शुरु गरिएको नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत ललन कर्ण ले बताए।

वडाध्यक्ष र टोलविकास संस्थाको संयुक्त अनुगमन पछिको सिफारिसका आधारमा त्यस्ता व्यक्तिको पहिचान गर्दै खाद्यन्न उपलब्ध गराएको उनले बताए । विश्वभरी माहामरी को रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले लकडाउन गरेसँगै सप्तकोसी नगरपालिकाका ११ वटै वडामा खाधान्न संकट हुन नदिनका निम्ति नगरपालिकाले विपन्नको पहिचान गरी राहत वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत कर्णले जानकारी दिए ।