फत्तेपुर  / नेपालकै पुरानो नहरको रुपमा रहेको चन्द्र नहर जिर्ण बन्दै गएको छ । नेपालमा पहिलो पटक नहर बनाएर सिचाई गर्ने प्रविधी भित्रिएको चन्द नहरको संरक्षणमा कसैले चासो नदिदा जिर्ण बनेको हो ।
बिसं १९८५ सालमा चन्द्र शमशेर राणाले बनाएको चन्द्र नहर ठाउँठाउँमा भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा नहरको हेड बाँध रहेको छ । त्रियुगा नदीको पानी संकलन गरी नहरबाट सप्तरीको हजारौ हेक्टर वमिनमा सिचाई हुदैं आउको छ । चन्द्र नहरको व्यवस्थित रुपमा मर्मत सम्भार नहुँदा ८ बर्षअघि नहर भत्किएर किसानले खेतमा लगाएको धानबाली तथा अन्नबालीमा बालुवा पुरिएर ठुलो नोक्सान भएको थियो ।
सम्बन्धित निकायले समयमै नहरकोमर्मत सम्भार गर्न ध्यान ठूलो नोक्सानसमेत भएको थियो ।
ऐतिहासिक सम्पदाको रुपमा रहेको चन्द्र नहरको समयमै मर्मत भएन र किसानहरुले राम्रेसँग सिचाइ गर्न पाएनन भने सप्तरीकै पहिचान मेटिएर जाने स्थानीय बताउछन् ।
चन्द्र नहर र सय वर्ष पुराना यी बलिया पुल
झण्डै १०० वर्ष अघि नहरबाट बाटो काट्न बनाइएका दजर्नौ पुलहरु पनि जिर्णबनेका छजन् । यि पुलहरुमा सिमेण्ट प्रयोग भएको छैन । बाटो काट्न, चन्द्र नहरमा ठाउँ–ठाउँमा उस बेला बनाइएका सबै पुल दरो भएका कारण हालसम्म टिकी रहेका छन् । एक शताब्दी आयु पुग्न लागेका, चन्द्र नहरमा बनाइएका, यस्ता पुल अझै जस्ताको त्यस्तै छन् । यि पुललाई मर्मत गरेर आकर्षक बनाई आन्तरिक पर्यटकहरु भित्राउन सकिने स्थानीय राजु साहले बताए । अहिलेका ठूला मालबाहक ट्रक समेत मज्जाले धानेका छन ।
चन्द्र नहर नेपालको पहिलो आधुनिक सिँचाइ प्रणाली हो, राणा प्रधानमन्त्री श्री ३ महाराज चन्द्र शमसेरले बनाएका थिए । त्रियुगा नदीको पानी, फत्तेपुरबाट नहरमा पठाइने यो नहरले सप्तरी जिल्लाको निक्कै ठूलो क्षेत्रमा सिँचाइ सुबिधा पु¥याइरहेको छ ।
विसं १९७९ (१९२२) इ. मा निर्माण आरम्भ गरेर वि स १९८५ (१९२८ इ.) मा, जम्मा ६ वर्षमा, बनिसकेर सिँचाइ गर्न थालेको यो नहर मर्मतको पखाइरहेको छ । नेपालका पहिलो इञ्जिनियर डिल्ली जङ्ग थापाले यसको ‘डिजाइन’ गरेका थिए । यहाँको डिजाइन हेर्न अझै पनि देशविदेशका इन्जिनियरहरु आउने गरेका छन् ।

chandra nagar