• नविन ढकाल

सप्तरी  /  सप्तरीको सप्तकोसी नगरपालिकाका किसान फौजी किराबाट पीडित भएका छ्न । धानबाली नष्ट पारेको बिर्सन नपाउदैँ गुहुँबालिमाप नि किराले सखाप पारे पछि किसान चिन्तित बनेका छन् ।
सप्तरको.शी नगरपालिका वार्ड न ५ का किसान वीरेन्द्र धोवि भन्छनु–‘आफ्नो खेति पर्याप्त छैन अर्काको अधिया बटिया गरेर करिब ४ बिघामा लगाएको धानबाली फैजिकिराले सखाप पारि दियो ।’ उनले धानबाली किराले खाए पछि गहुबाट धानबालीको घाटा पुर्ताल गर्ने विचार गरेका थिए । तर गहु पनि नष्ट भए पछि उनी निरास भएका छन् । गहुँबालि पनि नष्टगर्न थालेपछि खेतधनिलाई कसरी बालि बुझाउने भन्ने उनलाई पीर परेको छ । त्यसोत वडा न ४ का हिरानन्द तिम््िसनाको पनि भोगाइ उस्तैछ,समयमा न मल ,बीउ बिजन पाईन्छ,जसोतसो दुखगरेर लगाएको गहुँबालिसमेत फौजिकिराले नष्टपार्नथालेपछि कसरी गुजाराचलाउने उनी बताउछन । यस किराले दिनमा भन्दा रातमा बढी क्षति गर्ने गरेको प्राविधिकहरु बताउछन् । पुरै फौज नै आउने भएकाले यसलाई फौजी नाम दिएको छ । ‘दिनभरि केहि देखिदैन भोलिपल्ट बिहानै हेर्दा गहुँकाटेर लडाइराखेका ेहुन्छ, धानमा पनि ठाडोभन्दा काटेपछि बढि क्षति थियो ।’– अर्का किसान मानबहादुर कार्कीले भने ।
यता फौजी किरा नियन्त्रणका लागि धानबालिको समयमा वडाको सिफारिसमा कृषि केन्द्रले किसानलाई बिषादि उपलब्ध गराएको भए पनि त्यो प्रायाप्त नभएको किसालले जनाएका छन् । एकस्थानमा प्रयोग गरिए पनि अर्को स्थानमा रहेका किराले दुख दिने हुदा सबै नियन्त्रण गर्न आवश्यक रहेका प्राविधिक बताउछन् ।
वडा कार्यालयमा गयो निबेदन दियो सिफारिस लिई कृषि केन्द्रमा गयो बिषादि पाई नहाल्ने भएकाले बिषादि आउनजेलसम्ममा किराले अझै धेरैबालि नष्टगर्न सक्ने पिडित किसानहरुको भोगाईछ । उता बजारमा थरिथरिका बिषादिहरु पाउँने भएकाले कुन बिसादिले कस्तो काम गर्छ पुर्ण जानकारी किसाललाई नभएको वडा न ८ का किसान दिलिप मल्लाह वताउछन ।
यता सरकारले कृषि क्रान्ति र किसानका लागि सहज र सहुलियत गर्ने भनिरहदा किसानहरुको समस्या भने बर्षैपिच्छे दुख भोग्नु परिरहहेको छ । नगरपालिकाले पनि किसानको समस्यामा त्यति ध्यान नदिएको उनीहरुको आरोप छ ।