सत्यको असत्य माथिको विजय भएको दिन मानेर मनाइदैं आएको दशै सबै नेपालीको घर आँगनमा प्रवेश गरेको छ । भेटघाट, परिवारको सदस्यविच मित्रता, आफसी भाइचारका लागि दशै मनाइदैं आएको छ । आफन्त इष्टभित्र भेला भएर भेटघाट गर्ने, रमाईलो गर्ने अवसरको रुपमा सबै नेपालीहरुले उत्सव मनाउदैं आएका छन् ।
यो उत्सवको लागि सरकारले पनि ४ दिनसम्म सार्वजनिक विदा दिदैं आएको छ । नेपालमा विभिन्न जातजातीका आ–आफ्नै चाडहरु रहेका छन् । तर सरकारले दशैंलाई बढि महत्व दिएर सार्वजनिक विदा धेरै दिन दिएको हुन्छ । त्यसैले दशैलाई मानिसहले एउटा उत्सवका रुपमा लामो समयसम्म मनाउने गरेका छन् । घरघरमा खस िकाट्ने, दशमीका दिन टिका जमारा लगाएर आर्शिवात लिन आफन्तकोमा पुग्ने चलनले दशैलाई समाइलो बनाई दिएको छ ।
वास्तावमा दशैं एउटा उत्सवको रुपमा सबैले आ–आफ्नो गच्छे अनुसार मनाउने गर्नु पर्छ । अरुको देखासेखी गर्नु हुदैंन् । यसलाई घड्किलो बनाउनु हुदैन् । जे आफुसँग छ त्यही उपयोग गर्नु पर्दछ । तडकभडक गरेर दशैलाई दशा बनाउने संस्कार बसाउनु घातक हुन्छ । असत्यमाथि सत्यको विजय उत्सवको रुपमा दशैंलाई सबैले मनाऔं सबैको दशैं सुखमय बनोस । विजय दशमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुख शान्ति र सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना ।