सप्तरीको सप्तकोसी नगरपालिकामा पर्ने सखुवनी, बोचीलगायत क्षेत्रका मानिसहरु त्रियुगा नदिमा आउने बाढीबाट मात्र पीडित छैनन् , नदिमा बाँध बाध्न आएको बजेट झ्वाम पार्नेहरुबाटसमेत सधै पििडत हुदै. आएका छन् । गत असार २८ गते आएको बाढीले सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीमा बनाएको बाँध भत्काए पछि त्यस क्षेत्रका बासिन्दा खतरामा परेका छन् । बाँध बाध्न बजेत आयो तर मिलेमतोमा कमसल बाँध बाधे पछि उनीहरुको खतरा टरेन ।
त्यहाँबाट कति मानिसहरु बसाई छाडेका छन् । लालपूर्जा घरमा राखेर खेत भने बगरमा परिणत भएका दृष्य हेरेर जीवन विताउन धेरै छन् । सरकारले यहाँको क्षेत्रमा बााध बाध्नका लागि बार्षिक रुपमा लाखौं बजेट दिने भए पछि उक्त बजेट राम्ररी सदुपयोग नगर्दा उनीहरुको समस्या टर्ने गरेको छैन् । विगतमा राज्य सिंह दरवारमा थियो । उनीहरुको कुरा सुनुवाई हुदैन थियो । अहिले सरकार आँगन मै छ । र पनि समस्या जस्ताको तस्तै हुनु विडम्बना हो ।
सखुवनी क्षेत्रमा बनाइएको बााध भत्किएको छ । उपभोक्ता समिति मार्फत भएका काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको र तारजाली, ढुङ्गा र माटोको परिमाण पनि लगत स्टिमेटभन्दा घटाइएकाले बाँध कमजोर भएको स्थानीयको आरोप छ । सरकारले यो बाँधको विषयमा छानविन गरि अनियमितता गर्नेहरुलाई कारवाही गर्नु पर्दछ । सखुवनी क्षेत्रका स्थानीयहरुको समस्या स्थायी रुपमा समाधान हुने दीर्घकालिन योजना तय गरेर स्थानीय सरकारले संघसँग समन्वय गरी काम गनुृ वाञ्छानिय हुने छ ।