• खगेन्द्र कार्की

फत्तेपुर / राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले सोमबार सप्तकोसी नगरपालिकामा त्रियुगा नदीमा आएको बाढीले पु¥याएको क्षतिको बारेमा निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा अध्यक्ष तिम्सिनाले अल्पकालीन र दीर्घकालीन रुपमा योजना नबनाई काम गर्नाले जोखिम आउने बताउँदै तुरुन्तै गर्नुपर्ने काम र दीर्घकालीन र ठोस रुपमा गर्नुपर्ने कामको छनौट गरी काम गरेमा विपद न्यूनीकरण भएर जाने बताए ।
क्षतिका बारेमा नहेरी कन राहत वितरण गर्ने गरेका कारण पीडितले राहत नपाउने गरेको बताउदै त्यसैका लागि यो टोली प्रदेश नं २ को ८ जिल्ला र प्रदेश नम्बर १ को सुनसरी र मोरङमा निरीक्षण गर्न आएको उनले जानकारी दिए ।
नीतिगत हिसाबले भोलिका दिनमा कसरी दिगोपना ल्याई काम गर्ने हो त्यसमा सबैको ध्यान जान जरुरी रहेको र अध्ययन निरीक्षण पश्चात प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने र अल्पकालीन र दीर्घकालीन योजना बनाई राहतका साथै नदि नियन्त्रणको काम थाल्ने तिम्सिनाले बताए ।
राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले ठोस रुपमा प्लानिङ्ग गरेर नदि नियन्त्रणको काम नगरेको कारण यस्ता विपद निम्तिने गरेको बताउदै खोलामा बालुवा भरिएका कारणले गर्दा पनि बाढी बस्ती तथा खेलमा प्रवेश गरी धनजनको क्षति हुने गरेको बताए । यसको व्यवस्थापन र राहतका लागि आफूले पहल गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला भरीमा बाढीले पु¥याएको क्षति , उद्धार र हालसम्म दिइएको राहतका बारेमा जानकारी गराउदै बाढीबाट भएको क्षतिको प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्ष तिम्सिनालाई हस्तान्तरण गरेका थिए ।
सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम गौतमले त्रियुगा , मलेठ , गंगाजली , अमाहा लगायतका खोलामा आएको बाढीले नगरपालिकाको वडा नं। १,२,३,६,७,८ र ९ को क्षति पुगेको र बढी क्षति वडा नम्बर १,२,३,६ र ७ मा भएको जानकारी गराए ।
बाढीका कारण ६ सय घरधुरी प्रभावित भएको , त्यसबाट १५ हजार जनसंख्यालाई असर परेको , ५ हजार बिग्घा जमिनमा लगाएको धान , बीउ नष्ट भएका कारण क्षतिपूर्तिको आवश्यकता भएको , खासगरी दलित बस्तीमा ठूलो समस्या भएकोले लत्ताकपडा , बस्ने ठाउँ र खानेकुराको बढी आवश्यक भएको र नदि नियन्त्रणमा नलाग्ने हो भने ठूलो विपद आइपर्ने मेयर गौमतमले जानकारी गराए ।
कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले नदीमा बालुवा भरी नदि नियन्त्रण गर्ने कामको अन्त्य नभएसम्म यस्ता विपदको अन्त्य नहुने बताउदै ठोस रुपमा पक्की बाध बनाई नदी नियन्त्रण गर्न टोलीलाई सुझाव दिए । महुली , सुन्दरी , बन्द्राहा , पौडाहा , लगायतका खोलामा आउने बाढीले यस नगरपालिकामा असर पुग्ने गरेको र यसपालिको बाढीले वडा नम्बर १ र ११ मा ठूलो क्षति भएको जानकारी गराए । टोलीमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल , सांसदहरू , सुरक्षा निकाय समेत रहेका थिए ।