धरान÷ धरानमा एकपछि अर्को गरेर वैक खोल्नेक्रम तिव्र वन्दै गएको छ ।
धरानका मंगलवार कामना सेवा विकास बैंकले आफ्नो बित्तिय कारोबार शुरु गरेको छ ।
धरान–१२ स्थित जिएस मार्केटमा रहेको कार्यालयबाट सेवा शुरु गरेको हो ।
बैकका निर्देशक देवचन्द्र काफ्लेले धरानमा बैंकको ८२ औं शाखा विस्तार भएको जानकारी दिए । निक्षेप संकलनसँगै लगानी पनि धरानमा नै गर्ने उनको भनाई थियो । ‘सामाजिक सेवाको भावना लिएर अघि बढीरहेको वताउदै सहयोगको अपेक्षा लिएर धरान आएको र धरानवासीको सहयोगको अपेक्षा पूर्ण रहेको उनको भनाइ थियो । बैंकको कुल निक्षेप २० अर्ब बढी रहेको र लगानी १८ अर्ब हाराहारीमा रहेको काफ्लेले जानकारी दिए ।
२०६३ सालदेखि कामनाले बित्तिय कारोबार गर्न शुरु गरेको थियो ।पोखरामा रहेको कामना र बुटवलमा भएको सेवा विकास बैंकबीच २०७४ साउनमा मर्ज भएपछि एकिकृत नाम कामना सेवा विकास वैक नामाकरण भएको थियो ।
आगामी असारसम्ममा १ सय १२ शाखा पु¥याउने काफ्लेले बताए
सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटाले बित्तिय संस्थाहरुको शाखा विस्तारले धरानमा लगानी बढ्ने आशा व्यक्त गर्दै बैंकहरुले स्थानीयस्तरमा पनि धरानको विकासको लागि केही बजेट विनियोजन गर्न आग्रह गरेका थिए । ‘नाफा सबै माथि नलैजान र धरानको विकासको लागि पनि बजेट विनियोजन गर्न आग्रह समेत गरेका थिए ।
सहायक महाप्रबन्धक एवं १ नं प्रदेश प्रमुख सुजन छाराहाङले राष्ट्रियस्तरको बैंक रहेकोले देशैभरि शाखा विस्तारको अभियानमा रहेको बताए ।उनले प्रदेश १,२,३ मा शाखा विस्तार अभियानलाई तिव्रता दिदै लगिने समेत जानकारी दिएका थिए ।
ऋण लिदा पनि ११।९९ प्रतिशतमा दिइरहेका छौ, १२ प्रतिशत मुनि ब्याजदरमा ऋण दिने बैंकहरु कमै छन् ।
धरानमा कामना सेवा बाहेक मितेरी विकास वैकको मुख्य कार्यालय धरानमा रहेको छ भने अन्य वैकहरु धरान बाहिर मुख्यय कार्यालय रहेको शाखाहरु छन् ।
हाल धरानमा सनराइज वैक,एनसिसि वैक,एनएमवि वैंक,ज्योति विकास वैक,प्राइम ,सानिमा,,माछापुच्छ«े जनता,सिदार्थ,नेपाल वंगालादेश,एसविआई,हिमालयन,सेन्चुरी,लक्ष्मी वैक,ग्लोवल आइएमइ,गरीमा विकास वैक,सांग्रिला डेभलपमेन्ट वैक,मुक्तिनाथ वैक र स्टान्डर चार्टर वैक,मेघा, वैक अफ काठमाण्डु,संचालनमा रहेकाछन् भने एभेरष्ट,सप्तकोशी विकास वैंक,र देव विकास वैक संचालनको तयारीमा रहेकाछन् ।।धरानमा राष्ट्रिय सहकारी वैंक,गोर्खाज फाइनान्स,हाथवे फाइनान्स र मञ्जुश्री फाइनान्स संचालनमा रहेकाछन् ।करिव १ सयको हाराहारीमा संस्थाहरु संचालनमा रहेकाछन् । यो अवस्थालाई हेर्दा धरान आर्थिक कारोवारको हिसावले मजवुत रहेको देखिन्छ ।