धनकुटाबाट धरानतर्फ आउदै गरेको यात्रुबाहक बस जिरोप्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएकाछन् ।
धनकुटाको ६ नं बुधबारेबाट धरान आउँदै गरेको बस ब्रेकफेल भई र्दुघटना भएको हो ।
सोमबार बिहान ८ बजेर १५ मिनेटमा बुधबारेबाट छुटेको ना.६ ख २७१३ नम्वरको वस सडकमै पल्टिएर बिजुलीको पोलमा ठोक्किएको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपि सुमन तिम्सिनाले दिएको जानकारी अनुसार मृत्युहुनेमा बस चालक धरान–८ का चक्रबहादुर गुरूङ मोरङको केराबारी–९ की यामकुमारी मगर र उनकी ७ महिनाकी छोरी डिना मगर, धनकुटा चौबिसे–१ का ५७ वर्षीय दलबहादुर मगर रहेका छन् ।
घाइते हुनेहरूमा धनकुटा चौबिसेकी ५ वर्षीया लजिता मगर, धनकुटा चौबिसेकी ५ वर्षीया लजिता मगर, र ४० वर्षीया धर्मकुमारी मगर,इटहरी ५ का २४ वर्षीया दिवा सुवेदी, धनकुटा साँगुरीगढी–६ भेडेटारकी ४ वर्षीया प्रियका विक र २० वर्षीया मिनराज मगर रहेका छन् ।
अन्य घाइतेहरुमा धनकुटा कुरूले–३ का २५ वर्षीय भक्तकुमार याख्खा, तेह्रथुम फाक्चामाराकी २२ वर्षीया सुस्मिता लिम्बू, २ वर्षीया छोरी नुम्मा लिम्बू पनि घाइते भएका छन् । धनकुटा मुढेबास वडा नं ८ की २० वर्षीया सीता मगर, मोरङ केराबारी–५ की ११ वर्षीया आताना तामाङ, धनुकटा साँगुरीगढी–५ का एकै परिवारका तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा ४७ वर्षीय जंगीप्रसाद राई, ३६ वर्षीय बुद्धमाया राई र ७ वर्षीया छोरी विविशा राई रहेका छन् ।
त्यस्तै, धनकुटा खुवाफोकी ३२ वर्षीय सोमा लिम्बू, ५ वर्षीय सिकेन लिम्बू, मोरङका १३ वर्षीय दीपेन लिम्बू, धनकुटा चौबिसेकी २२ वर्षीया सुनिता मगर, सुनसरी महेन्द्रनगर–२ का १८ वर्षीय कुशल लिम्बू, सुनसरी इटहरी–१९ तरहराकी १८ वर्षीया अनु श्रेष्ठ, धनकुटा चौबिसे वडा नं १ की ५ वर्षीया रोजिता मगर, ३८ वर्षीया धर्मकुमारी अधिकारी, धनकुटा साँगुरीगढी वडा नं ६ की ५९ वर्षीया धनमाया विक, धनकुटा चौबीसे वडा नं १ का ३० वर्षीय मिनराज मगर, प्रेमकुमार मगर, तेह्रथुम फाक्चामाराकी २० वर्षीया सुस्मिता सम्वाहाम्फे, नुमाफुङ लिम्बू, धनकुटा डाँडाबजारका ४७ वर्षीय जंगीप्रसाद याख्खा, ३६ वर्षीया बुद्धमाया याख्खा, पाँचथरका तेजबहादुर लिम्बू रहेको छन् भने अन्य घाइतेहरूमा धरान–१७ का नविन श्रेष्ठ, रैजिता राई लगायत रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । दुर्घटनामा परी घाइतेहरूको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।